२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पोर्टिङसँग म्यान्चेस्टर सिटीको लज्जास्पद हार



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीले हार ब्यहोरेको छ । गएराति भएको खेलमा सिटी पोर्चुगिज क्लब स्पोर्टिङ सिपीसँग ४-१ गोलले स्तब्ध बनेको हो ।

घरेलु टोलि स्पोर्टिङलाई जित दिलाउन भिक्टर जियोकेरेसले ह्याट्रिक गरे भने म्याक्सिमिलाो अराओले एक गोल थपे । सिटीका फिल फोडेनले एक गोल गरे । खेलको चौंथो मिनेटमा नै फोडेनको गोलबाट सिटीले खेलमा अग्रता बनाएको थियो ।

तर, ३८ औं मिनेटमा भिक्टरले गोल गर्दै स्पोर्टिङलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि ४६ औं मिनेटमा अराओले गोल गरे भने ४९ औं र ८० औं मिनेटमा भिक्टरले गोल गर्दै स्पोर्टिङलाई ४-१ को जित दिलाए । दुबै गोल उनले पेनाल्टीमार्फत गरेका थिए ।

४ खेलमा १० अंक जोड्दै स्पोर्टिङ तालिकाको दोस्रो स्थानमा छ । ७ अंकका साथ सिटी छैटौं स्थानमा छ ।