२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः मिलानसँग रियल स्तब्ध, डियाजको ह्याट्रिकमा लिभरपुलको सहज जित



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा इटालीयन क्लब एसी मिलानले स्पेनिस क्लब रियल मड्रिडलाई हराएको छ । गएराति भएको खेलमा मिलानले रियललाई उसकै घरेलु मैदानमा ३-१ गोलले हराएको हो ।

खेलको १२ औं मिनेटमा मालिक थिअले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए । २३ औं मिनेटमा भिनिसियस जुनियरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा ल्याए ।

यता, ३९ औं मिनेटमा अल्भारो मोराटाले र ७३ औं मिनेटमा तिजानी रेइज्न्डर्सले गोल गर्दै मिलानलाई ३-१ को जित दिलाए । योसँगै ४-४ खेल खेलेका रियल र मिलानले ६-६ अंक जोड्दै तालिकाको १७ औं र १८ औं स्थानमा छन् ।

यस्तै, गएराति नै भएको अर्को खेलमा इंग्लिस क्लब लिभरपुलले जर्मन क्लब लिभरकुसेनलाई ४-० गोलले हरायो । लिभरपुललाई फराकिलो जित दिलाउन लुइस डियाजले ह्याट्रिक गरे भने एक गोल कोडी गाक्पोले थपे । डियाजले ६१, ८३ र ९०+२ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

४ खेलमा शतप्रतिशत जित निकालेको लिभरपुल १२ अंकका साथ शीर्षस्थानमा छ । लिभरकुसेन ७ अंकका साथ ११ औं स्थानमा छ ।