१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा

इंग्ल्यान्डका ‘हिस्ट्री मेकर’ क्रिकेटर म्याट क्रिचली पोखरा एभेन्जर्सबाट खेल्ने

इंग्ल्यान्डका ‘हिस्ट्री मेकर’ क्रिकेटर म्याट क्रिचली पोखरा एभेन्जर्सबाट खेल्ने
अ अ+ अ-

पोखरा । इंग्ल्यान्डका अलराउन्डर क्रिकेटर म्याट क्रिचलीले नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् ।

पोखराले आफ्नो चौथो विदेशी खेलाडीका रुपमा क्रिचलीलाई टिममा अनुबन्ध गरेको हो । यसअघि पोखराले वेष्ट इन्डिजका एन्डरसन फिलिप, अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका क्रिकेटर बास डि लिडेलाई टोलीमा अनुबन्ध गरिसकेको छ ।

नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्समा अनुबन्ध भएका २८ वर्षीय अलराउन्डर क्रिचली डर्बिशायर काउन्टी क्रिकेट क्लबाट एसेक्स काउन्टी क्रिकेट क्लबका लागि खेल्छन् ।

सन् २०१५ ३ मे को कन्टी क्रिकेट च्याम्पियनसिपमा ग्लेमरगनविरुद्ध आफ्नो पहिलो फस्ट क्लास डेब्यु गरेका क्रिचली दोश्रो खेलमै डर्बीशायरका लागि शतक बनाउने सबैभन्दा कान्छो उमेरको खेलाडी बनेका थिए ।

क्रिचलीले सन् २०१६ को २१ मेमा डर्बिशायरका लागि लंकाशायर लाइटनिंगविरुद्ध खेल्दै पहिलो टि ट्वान्टी खेलमा डेब्यु गरेका थिए ।

त्रिचलीको स्पिनर क्षमतालाई अष्ट्रेलियाका लिजेन्ट क्रिकेटर स्टुअर्ट म्याकगिलले इंग्ल्यान्डको लागि उपयुक्त खेलाडी भन्दै तारिफ समेत गरेका थिए । त्यसपछि सन् २०१८ मा उनलाई इंग्ल्यान्ड लायन्समा खेल्न बोलाइएको थियो ।

डर्बिशायरबाट यस्तो सम्मान पाउने उनी पहिलो खेलाडीका रुपमा चिनिए । र, त्यही वर्ष उनले टि ट्वान्टीको अन्त्यमा चेस्टरफिल्डमा यर्कशायरविरुद्धको प्रतिष्पर्धात्मक खेलमा अन्तिम ओभरमा १९ रन प्रहार गरेर टिमका लागि विजय सुनिश्चित गरेका थिए ।

इंग्लयान्डका यी प्रतिभाशाली अलराउन्डरलाई चौथो विदेशी खेलाडीका रुपमा टिममा भित्र्याउन पाउँदा पोखरा एभेन्जर्सका मालिक मनोबल श्रेष्ठ खुशी छन् । ‘क्रिचलीले डर्बिशायरका लागि रचेको इतिहास आज पनि कसैले बिर्सिएको छैन । हामीलाई आशा छ, पोखरा एभेन्जर्समा उनको प्रवेशसँगै एनपिएलमा पनि अर्को नयाँ इतिहास कोरिनेछ,’ श्रेष्ठले विश्वस्त हुँदै बताए ।

एनपिएलकै सबै भन्दा मंहगो टिम पोखराले सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङलाई पनि अक्सनबाट आफ्नो टिममा छनोट गरेको छ ।

यो टिममा दक्षिण अफ्रिकाका लिजेन्ड क्रिकेटर जोन्टी रोड्स मेन्टर र सल्लाहकारका रुपमा अनुबन्ध भइसकेका छन् । त्यस्तै आइपिएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमारलाई पोखराले मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरिसकेको छ ।

एनपिएल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।