८ पुष २०८२, मंगलवार
,
Latest
थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय सरकारी टोलीद्वारा जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा कार्यालयको अनुगमन–फोटोफिचर प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम रवि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका सरिजको अन्तिम खेलमा नेपालले स्कटल्याण्डसँग खेल्दै



अ+ अ-

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा जारी सिरिजमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र स्कटल्याण्डबीचको खेल डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ ।

स्कटल्याण्डविरुद्ध यसअघिको पहिलो खेलमा ५ विकेटले जित हासिल गरेको नेपाल त्यो प्रदर्शनलाई कायम राख्न चाहन्छ । तर घरेलु टोली अमेरिकाविरुद्धको दुवै खेलमा पराजित नेपाल दबाबमा छ ।

यसअघि स्कटल्याण्डलाई नेपालले १५४ रनमा अलआउट गर्दै २९.५ ओभरमा १५७ रन बनाउँदै जित निकालेको थियो । अमेरिकाविरुद्ध पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा पनि ३७ रनले पराजित भएको थियो ।

स्कटल्याण्डले भने अमेरिकालाई दुवै खेलमा पराजित गरेको थियो । लिग टु को यस सिरिजमा स्कटल्याण्ड र अमेरिकाले २(२ खेल जितेर समान ४ अंक जोडेका छन् । नेपालले भने ३ खेलबाट २ अंक मात्र जोडेको छ । अब सिरिजको अन्तिम खेल जित्दै सुखद रुपमा अमेरिका टुर सकाउने नेपालको लक्ष्य छ ।

स्कटल्याण्डविरुद्ध हेड टु हेडमा नेपाल अघि छ । अहिलेससम्म यी दुई टोलीले कूल ७ ओडीआई खेल खेलेका छन् । जसमा नेपालले ४ खेल जितेको छ भने स्कटल्याण्डले ३ खेल जितेको छ ।

लिग टु मा अहिलेसम्म अमेरिका र क्यानडाले १२ खेल खेल्दै समान १६ अंक जोडेका छन् । नेटरनरेटमा अघि रहेको अमेरिका शीर्ष स्थानमा छ ।

स्कटल्याण्ड १० खेलबाट १३ अंक जोडेर तेस्रो स्थानमा छ। नेपाल ११ खेलबाट ५ अंकसहित सातौं स्थानमा छ ।