२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण News Polar कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

सहरी क्षेत्रमा कोरोना भाइरस व्यापक !

सहरी क्षेत्रमा कोरोना भाइरस व्यापक !
अ अ+ अ-

काठमाडौं । संघीय राजधानी काठमाडौंसहित सहरी क्षेत्रमा कोरोना भाइरस व्यापक रूपमा फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले हालै गरेको सेरो प्रिभिलेन्स सर्भेले सहरी क्षेत्रमा समुदायमै संक्रमण फैलिएको देखाएको छ। त्यसमा पनि काठमाडौं उपत्यका ‘हटस्पट’ बनेको छ। उपत्यकामै कुल संक्रमितको संख्या ७६ हजार ३ सय ४८ पुगेको छ।महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले सहरी क्षेत्रमा सबै उमेर समूहमा संक्रमण देखिएको बताए। ‘सबै उमेर समूहमा संक्रमण देखिनु समुदायमा संक्रमण भएको सूचक हो’, निर्देशक डा. पाण्डेले भने, ‘बालबालिका, महिला र वृद्धवृद्धामा समेत संक्रमण देखियो।’ मुलुकभर शनिबार २ हजार ५ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये महिला ९ सय ७६ र पुरुष १ हजार ५ सय ३२ जना छन्। यससँगै नेपालमा संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ। पछिल्लो २४ घण्टामा २ हजार २ सय ६४ जना निको भएका छन्। त्यसैगरी, थप १७ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय ३७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको थियो।

मुलुकभर सक्रिय संक्रमितको संख्या ३८ हजार ५ सय ८४ छ। काठमाडौं उपत्यकामा २० हजार ३ सय ४४ जना सक्रिय संक्रमित छन्। काठमाडौं जिल्लामा मात्र सक्रिय संक्रमितको संख्या १६ हजार ८ सय ९० पुगेको छ। डा. पाण्डेका अनुसार काठमाडौंमा  संक्रमितमध्ये ५ प्रतिशतभन्दा थोरै व्यक्तिको मात्रै यात्रा विवरण पाइएको छ। मन्त्रालयका अनुसार शनिबार  उपत्यकामा १ हजार ३  सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ७ सय ८८ पुरुष र ५ सय ६९ महिला छन्। थपिएका संक्रमितमध्ये काठमाडौंका १ हजार १ सय १३ जना छन्। ललितपुरका १ सय ९५ र भक्तपुरका ४९ जना छन्। काठमाडौंमा मात्र १० हजार ५ सय १ जना होम आइसोलेसनमा छन्। ललितपुरमा २२ सय ५७ जना होम आइसोलेसनमा छन्। त्यस्तै भक्तपुरमा भने १७ सय १९ जना मात्र छन्। उपत्यकामा शुक्रबार १ हजार ८ सय ८८ जना संक्रमित थपिएका थिए। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार कोरोना संक्रमणका तीनवटा चरण हुन्छन्। बाहिरबाट यात्रा गरी आएका छिटफुट संक्रमित भेटिएको अवस्थालाई पहिलो चरण भनिन्छ। दोस्रो चरणमा एकै ठाउँमा धेरै संक्रमित भेटिन्छन्। समूह–समूहमा संक्रमित भेटिएको अवस्थालाई क्लस्टर अफ केसेसका रूपमा डब्लुएचओले लिएको छ।  स्वतन्त्र विज्ञले समुदायमा कोरोना संक्रमण भएको बताए पनि सरकारले भने औपचारिक रूपमा संक्रमण दोस्रो चरणमा रहेको दाबी गर्दै आएको छ।

दोस्रो चरणमा संक्रमणको  फैलावट हुँदैन। समुदायमा संक्रमण फैलिएको अवस्था तेस्रो चरण हो।  समुदायमा संक्रमण फैलँदा नियन्त्रण गर्न कठिन हुन्छ। जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी भन्छन्, ‘संक्रमणको अवस्थालाई सरकारले समयमै आकलन गर्न सकेन। केही महिनाअघि नै समुदायमा संक्रमण पुगिसकेको बताउँदा वास्ता गरिएन। अब चुनौती बढेको छ।’ सहरी क्षेत्रमा संक्रमणको दर उच्च छ। रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पाण्डेका अनुसार काठमाडौं उपत्यकामा १५ देखि २५ प्रतिशत हाराहारीमा संक्रमण दर देखिएको छ। मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल भन्छन्, ‘काठमाडौं उपत्यकामा परीक्षण गरेकामध्ये कतिजनाको पुष्टि भयो भन्ने तथ्यले धेरै प्रष्ट्याउँछ। ’ जति धेरै जाँच गर्‍यो त्यति बढी संक्रमित देखिएको मन्त्रालयका  एक उच्च अधिकारीले बताए। विगतमा  १५ देखि ४५ वर्ष उमेरको चलायमान समूहका व्यक्तिमा बढी संक्रमण देखिएको थियो। अहिले बालबालिकादेखि वृद्धवृद्धा समेतमा संक्रमण देखिएको छ। सबैजसो उमेर समूह  र यात्रा नगरेका व्यक्तिमा पनि संक्रमण देखिएपछि समुदाय तहमा फैलिएको पुष्टि भएको हो। डा. पाण्डेका अनुसार बागमती प्रदेशमा महिलाको संक्रमणदर झण्डै ४० प्रतिशत छ। यस प्रदेशमा सक्रिय संक्रमितको संख्या २४ हजार १ सय १० छ। अहिले तथ्यांकको विश्लेषण भइरहेकाले समुदाय संक्रमणको औपचारिक घोषणा गर्न केही दिन लाग्ने देखिएको छ। तथ्यांकको विश्लेषण सम्पन्न भएपछि मात्र कुन लेभलमा समुदायमा संक्रमण गएको हो त्यो भन्न सकिने डा. पाण्डेले बताए। अन्नपुर्णपाृष्ट दैनिक