४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट कांग्रेस महासमिति सदस्यको ज्यान गयो



अ+ अ-

वीरगञ्ज । कोरोना संक्रमित नेपाली कांग्रेसका महासमिति सदस्य मदन मण्डलको आइतबार बिहान निधन भएको छ । बाराको आदर्शकोतवाल गाउँपालिकास्थित टेडाकट्टीका ४५ वर्षीय मण्डललाई शनिबार संक्रमण पुष्टि भएको थियो । 

शनिबार वीरगञ्जको नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशाला गरिएको परीक्षणमा मण्डललाइ कोरोना पुष्टि हुँदा थप उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको नेपाली कांग्रेस बारा क्षेत्र नं. १ का सभापति विजयशंकर यादवले जानकारी दिए । 

नारायणी अस्पतालका चिकित्सक डाक्टर दीपक चौरसियाका अनुसार नारायणी अस्पताल ल्याउँदा नै कोरोना संक्रमणका कारण उनको अवस्था गम्भिर थियो ।  महासमिति सदस्य मण्डलको निधनप्रति नेपाली कांग्रेस बाराले दुःख व्यक्त गरेको छ ।