२२ मंसिर २०८२, सोमबार
,
Latest
एकाबिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदा मिल्छ यस्ता फाइदा थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने दैनिक १० मिनेट हिँड्दा आयु ७ प्रतिशतले बढ्नसक्ने सेल्टा भिगोसँग रियल मड्रिड घरेलु मैदानमै पराजित नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई स्तब्ध बनाउदै बंगलादेशले जित्यो साफ महिला च्याम्पियनसीपको उपाधि



अ+ अ-

काठमाडौं । साफ महिला च्याम्पियनसीपको उपाधि बंगलादेशले जितेको छ । दशरथ रंगशालामा भएको फाइनल खेलमा घरेलु टीम नेपाललाई २-१ ले हराउदै बंगलादेशले उपाधि जितेको हो ।

यो सँगै साफ फाइनलमा नेपाल छैटौं पटक स्तब्ध भएको छ । बंगलादेशले भने लगातार दोस्रो पटक नेपाललाई नै हराएर च्याम्पियन बन्यो। रोमाञ्चक फाइनलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलमा बंगलादेशले दोस्रो हाफको सुरवातमै अग्रता लिएको थियो।

मोनिका चक्काले ५२ औं मिनेटमा नेपाली डिफेन्डरको गल्तीमा गोल गरेकी थिईन् । लगत्तै नेपालले गोल फर्काएको थियो । नेपालका लागि अमिषा कार्कीले ५६ औं मिनेटमा प्रिति राइको पासलाई सदुपयोग गर्दै खेललाई १-१ को अवस्थामा ल्याएकी थिइन्।

बंगलादेशले खेलको ८१ औं मिनेटमा पुन अग्रता बनायो। बंगलादेशका लागि ऋतु पोर्ना चाक्माले डिबक्स बाहिरबाट गरेको उत्कष्ट प्रहार गोलमा परिणत भएको थियो।

तस्बिर : प्रदीपराज वन्त/रासस