१४ कार्तिक २०८१, बुधबार
,
Latest
साफ महिला च्याम्पियनसिपको फाइनल आज, खेल हेर्न प्रधानमन्त्री पनि रंगशाला जाने एक दर्जन उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् काग तिहार मनाइँदै विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हरायो हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट निर्मला कुर्मी प्रकरण : गृह र आन्दोलनरत पक्षबीच तीनबुँदे सहमति विश्वकप क्रिकेट लिग–२: नेपाले स्कटल्याण्डको सामना गर्दै टेलिकमका सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन प्रधानमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

९० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने आधार दिन्छौः रास्वपा



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले ९० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने आधार दिन सक्ने बताएका छन् ।

बालुवाटारमा जारी विरोध प्रदर्शनको क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

आफूहरूले बुझाएको प्रतिवेदन सरकारले बेवास्ता गरेपछि सडकमा आएको बताउदै उनले भने, ‘हामीले ६ महिनाअघि नै सहकारीको समस्या समाधान गर्नको लागि प्रतिवेदन सरकारलाई बुझायौँ। सदनमा कुरा उठायौँ। सहकारीको पैसा फिर्ता गराउने आधार दिएका थियौँ। त्यो कुनै नसुनेपछि हामी सडकमा आएका हौँ। चुनौती होइन, सरकारलाई मेरो अनुरोध एउटा प्राधिकरण वा समिति बनाओस् त्यहाँ हामीलाई पनि राखोस्, ९० दिन सहकारीको बचत रकम फिर्ता गर्ने आधारसहित हामी दिन्छौँ। एकैचोटी सकिँदैन सुरु गर्न सकिन्छ।’

आफूहरू विधिको शासन मान्ने भएकाले कानून अनुसार भागेर नजाने बताउदै उनले पार्टी सभापति रवि लामिछानेलाई बाहिर राखेर अनुसन्धान गर्न पनि माग गरे ।