२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेमो र उनकी श्रीमतीसहित ५ जना विरुद्ध ठगी मुद्दा



अ+ अ-

एजेन्सी । मुम्बई पुलिसले प्रसिद्ध निर्देशक–कोरियोग्राफर रेमो डिसुजा र उनकी पत्नी लिजेल डिसुजासहित अन्य पाँच जना विरुद्ध ठगीको मुद्दा दर्ता गरेको छ ।

गत शनिबार एक नृत्य समूहले यो उजुरी दिएको थाने प्रहरीले जनाएको छ । रेमो र उनकी श्रीमती र अन्य सबैमाथि ११.९६ करोड रुपैयाँ ठगी गरेको आरोप छ ।

यसैबीच रेमोले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै यी सबै आरोप निराधार भएको बताएका छन् । यसअघि २६ वर्षीया पीडित डान्सरले अक्टोबर १६ मा मुम्बईको मीरा रोड पुलिस स्टेशनमा उजुरी दिएकी थिइन् ।

यस उजुरी अनुसार, नर्तक र उनको समूहमाथि २०१८ जुलाई देखि जुलाई २०२४ सम्म ठगी गरिएको थियो ।

यो समूहले रियालिटी शोमा प्रदर्शन गरेर जितेको थियो । उजुरीकर्ताका अनुसार रेमो र अन्य अभियुक्तहरूले उक्त समूह आफ्नो हो भनी बहाना बनाएर आफूहरुले जितेको ११.९६ करोड रुपैयाँको पुरस्कार रकम हडपेको आरोप छ ।

यस घटनामा प्रहरीले रेमो डिसुजा, उनकी श्रीमती लिजेल डिसुजा, ओमप्रकाश शंकर चौहान, रोहित जाधव, फ्रेम प्रोडक्सन कम्पनी, विनोद राउत, रमेश गुप्ता र अन्य एक व्यक्तिको नाममा मुद्दा दर्ता गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।