२२ मंसिर २०८२, सोमबार
,
Latest
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै: अर्थविद् नरबहादुर थापा स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा एनपीएलमा आज खेल नहुने, भोलि पहिलो क्वालिफायर ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो तोरीबारीबीच चम्किने हिमशृंखला-फोटो फिचर वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेमो र उनकी श्रीमतीसहित ५ जना विरुद्ध ठगी मुद्दा



अ+ अ-

एजेन्सी । मुम्बई पुलिसले प्रसिद्ध निर्देशक–कोरियोग्राफर रेमो डिसुजा र उनकी पत्नी लिजेल डिसुजासहित अन्य पाँच जना विरुद्ध ठगीको मुद्दा दर्ता गरेको छ ।

गत शनिबार एक नृत्य समूहले यो उजुरी दिएको थाने प्रहरीले जनाएको छ । रेमो र उनकी श्रीमती र अन्य सबैमाथि ११.९६ करोड रुपैयाँ ठगी गरेको आरोप छ ।

यसैबीच रेमोले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै यी सबै आरोप निराधार भएको बताएका छन् । यसअघि २६ वर्षीया पीडित डान्सरले अक्टोबर १६ मा मुम्बईको मीरा रोड पुलिस स्टेशनमा उजुरी दिएकी थिइन् ।

यस उजुरी अनुसार, नर्तक र उनको समूहमाथि २०१८ जुलाई देखि जुलाई २०२४ सम्म ठगी गरिएको थियो ।

यो समूहले रियालिटी शोमा प्रदर्शन गरेर जितेको थियो । उजुरीकर्ताका अनुसार रेमो र अन्य अभियुक्तहरूले उक्त समूह आफ्नो हो भनी बहाना बनाएर आफूहरुले जितेको ११.९६ करोड रुपैयाँको पुरस्कार रकम हडपेको आरोप छ ।

यस घटनामा प्रहरीले रेमो डिसुजा, उनकी श्रीमती लिजेल डिसुजा, ओमप्रकाश शंकर चौहान, रोहित जाधव, फ्रेम प्रोडक्सन कम्पनी, विनोद राउत, रमेश गुप्ता र अन्य एक व्यक्तिको नाममा मुद्दा दर्ता गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।