८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

गणेशमान जयन्तीदेखि स्वास्थ्य सामग्री वितरण र जनचेतना अभियान चलाइने

गणेशमान जयन्तीदेखि स्वास्थ्य सामग्री वितरण र जनचेतना अभियान चलाइने
अ+ अ-

काठमाडौँ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले गणेशमान जयन्तीको अवसर पारेर यही कात्तिक २४ गतेदेखि पहिलो चरणमा काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा कोरोना लक्षित स्वास्थ्य सामग्री वितरण गर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला सरकार पिसिआर परीक्षणबाट समेत पन्छिएकाले पहिलो चरणमा क्षेत्र नं ८ का नागरिक लक्षित अक्सिमिटर, मास्कलगायत औषधि वितरणसँगै जनचेतनामूलक अभियान सञ्चालन गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष पूर्वमन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए । स्वास्थ्य सामग्री वितरणसँगै चिकित्सकीय परामर्शसमेत दिइने जनाइएको छ । बिहान, दिउँसो र बेलुका तीन समूहमा चिकित्सकीय परामर्श उपलब्ध गराउन मोबाइल नम्बरसमेत सार्वजनिक गरिएको छ ।

काठमाडौँ महानगरपालिकाको वडा नं. १३, १५, १९, २०, २३ र २४ एवं नागार्जुन नगरपालिका क्षेत्र नं ८ मा पर्छ । भोकालाई खाना खुवाउनेलाई समेत लखेटेर काठमाडौँ महानगरपालिकाले न्यूनतम मानवीय संवेदनासमेत देखाउन नसकेको नेता जोशीको आरोप छ । कोरोनाको महामारी शुरु भएको नौ महिना बितिसक्दा पनि सरकार नियन्त्रणमा कुनै काम नगरी आन्तरिक द्वन्द्वमा फसेको उनले बताए। जनचेतनामूलक अभियानसँगै काठमाडौँ क्षेत्र नं ८ लाई पूर्णरूपमा सही तरिकाले मास्क प्रयोग गर्ने क्षेत्रका रूपमा स्थापित गरिने लक्ष्य पनि प्रतिष्ठानले लिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका अध्यक्ष जोशीले बताए ।

यसैबीच मौसम परिवर्तनसँगै सचेत रहनुपर्नेमा जनस्वास्थ्यविद्ले जोड दिनुभएको छ । जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेले चिसो बढेसँगै मङ्सिर, पुुस र माघ महिनामा सङ्क्रमण बढ्ने भएकाले सुरक्षितरूपमा बस्न आह्वान गरेका छन् । स्वास्थ्य मन्त्रालयका पूर्वसचिव डा सुधा शर्माले यस वर्षको तिहार, नेपाल संवत्, छठलगायत पर्व मनाउँदा सचेत हुनुपर्ने बताएका छन् । दूरी कायम गरी मास्क लगाएरमात्र सांस्कृतिक परम्परालाई निरन्तरता दिनुपर्ने उनको सुझाव छ ।