काठमाडौं । शुक्रबार देशभर २९०९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१५३ जनाको पीसीआर परीक्षणमा २९०९ जनामा संक्रमण पुटि भएसंगै कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ५ सय जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख ५२ हजार ९०८ पुगेको मन्त्रालयले जनाएको छ।











