८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

जोर्जिया र पेन्सिलभेनियामा बाइडेनको अग्रता

जोर्जिया र पेन्सिलभेनियामा बाइडेनको अग्रता
अ+ अ-

वासिङटनः अमेरिकी राष्ट्रपतिको निर्वाचन नयाँ मोडमा पुगेको छ । डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका प्रत्यासी जो बाइडेनले रिपब्लीकनको गढ मानिएका जोर्जिया र पेन्सिलभेनिया राज्यमा अग्रता बनाउनु भएको छ ।

पछिल्लो मतगणनामा बाइडेनले जोर्जिया राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा एक हजार ९७ मतले अग्रता बनाउनु भएको छ । यो राज्यमा सन् २००० यता रिपब्लीकन उम्मेदवारहरु विजयी हुँदै आएका थिए ।

जोर्जिया राज्यमा १६ इलेक्टोरल भोट छ ।

त्यस्तै पेन्सिलभेनिया राज्यमा पनि बाइडेनले ५,५८७ मतले अग्रता बनाउनु भएको छ । यो राज्य पनि रिपब्लीकन पार्टीको गढ हो । यहाँ पनि विगतमा रिपब्लीकन पार्टीका राष्ट्रपतिका उम्मेदवारहरु विजयी हुँदै आएका थिए ।

पेन्सिलभेनिया राज्यमा २० इलेक्टोरल भोट छ ।

अर्को निकै प्रतिस्पर्धी राज्य एरिजोना र नेभाडा हुन् । यी दुबै राज्यमा बाइडेनले अग्रता बनाउनु भएको छ । एरिजोनामा ४७ हजार र नेभाडामा ११ हजार ४३८ मतले बाइडेन अघि हुनुहुन्छ ।

हालसम्म बाइडेनले २५३ र ट्रम्पले २१३ इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) प्राप्त गरिसक्नु भएको छ । राष्ट्रपतिमा विजयी हुन २७० इलेक्टोरल कलेज प्राप्त गर्नु आवश्यक छ ।

हाल चार वटै राज्यहरु जोर्जिया, पेन्सिलभेनिया, एरिजोना (११) र नेभाडा () मा हाल हुलाकबाट प्राप्त भएका र विदेश वा अन्यत्र रहेका व्यक्तिले गरेका मतपत्र (एब्सेन्टी) को गणना भइरहेको छ । गणनाको रुझान हेर्दा बाइडेनलाई हुलाकबाट भारी मतदान भएकाले बाइडेन नै आगामी राष्ट्रपतिमा विजयी हुने सम्भावना देखिएको छ ।

पछिल्लो अग्रता बनाइरहेका राज्यमा बाइडेन विजयी भए बाइडेनले झण्डै ३०६ इलेक्टोरल कलेज सहित स्वतः राष्ट्रपति बन्नु हुनेछ । 

राष्ट्रपति ट्रम्पले भने निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै सर्वोच्च अदालतमा निवेदन दिने धम्की दिइरहनु भएको छ । उहाँले आफूले निर्वाचनको परिणाम सहजै स्वीकार नगर्ने पटक पटक बताइरहनु भएको छ ।

यसअघि ट्रम्पका तर्फबाट मिचिगन, विस्कन्सिन, पेन्सिलभेनिया, एरिजोना राज्यमा मतगणनामा धाँधली भएको र आफ्ना प्रतिनिधिलाई मतगणना स्थलसम्म पहुँच नदिएको भन्दै राज्यका संघीय अदालतमा मतगणना रोक्न माग गरी निवेदन दिइएको थियो । तर न्यायाधीशहरुले मतगणनामा कुनै समस्या नदेखिएको र ट्रम्पका तर्फबाट प्रस्तुत प्रमाणहरु विश्वासयोग्य नभएको जनाउँदै मतगणना रोक्न नसकिने आदेश दिएका थिए । अदालतको आदेश नआएको अवस्थामा मतगणना निरन्तर जारी रहेका छन् ।

के अब सर्वोच्च अदालतले संघीय अदालतको फैसला उल्टाउँदै पुनः मतगणना गर्न आदेश देला ? स्वयं रिपब्लीकन पार्टीका कतिपय नेताले ट्रम्पको शैली स्वागतयोग्य नरहेको बताएका छन् तर केही समर्थकले ट्रम्पको पक्षबाट देशव्यापी आन्दोलन र मुद्दामामिला लड्न भन्दै चन्दा संकलन अभियान थालेका छन् । (सिएनएन)