८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

लामो समय संसद बन्द हुँदा सरकार अराजक बन्ने खतरा

लामो समय संसद बन्द हुँदा सरकार अराजक बन्ने खतरा
अ+ अ-

 काठमाडौ ।  पूर्व सभामुखहरुले संघीय संसदको हिउँदे अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग आग्रह गरेका छन् । संक्रमणकालिन अवस्थामा जनताको समस्या सम्बोधन गर्न र सरकारलाई सही बाटोमा डोहो¥याउन पनि संसदको आवश्यकता रहनेभएकाले अधिवेशन तत्काल आह्वान गर्न पूर्व सभामुखहरुले आग्रह गरेका हुन् । संसदको आवश्यकता लोकतन्त्रमा महत्वपूर्ण रहेको भन्दै तत्काल अधिवेशन आह्वान गर्नुपर्ने पूर्व सभाुमखहरुको भनाई छ । लामो समय संसद बन्द हुँदा सरकार अराजक बन्ने खतरा हुने भएकाले तिहार लगत्तै अधिवेशन आह्वान हुनुपर्ने पूर्वसभामुखहरुले बताएका छन् । 
पूर्व सभामुख ओनसरी घर्तिले तिहारपछि अनिवार्य रुपमा संसद चलाउनुपर्ने बताउनुभयो । संविधान अनुसार ६ महिनाभन्दा बढी समय संसद बन्द गर्न नहुने स्मरण गराउँदै उहाँले अहिलेको अवस्थामा जनप्रतिनिधिहरुले जनताका कुरा राख्नपनि संसद अनिवार्य रहेको बताउनुभयो । कोरोना महामारीको समयमा सबै राजनीतिक एकै ठाउँमा रहेको अवस्थामा संसदबाट यस सम्बन्धि थप छलफल र बहस गरेर अझ राम्रो हुने उहाँले बताउनुभयो । जनताको प्रतिनिधिमुलक संस्था संसद बन्द हुँदा देशमा अराजकता मौलाउने डर हुने उहाँले बताउनुभयो ।

विधि विधान अनुसार एउटा प्रकृयामा अगाडी बढ्नका लागि संसदको आवश्यकता रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘जनताको प्रतिनिधिमुलक संस्था नचल्दा अराजकतातिर जान्छ । विधि, विधान अनुसार एउटा प्रकृयामा अगाडी बढ्नका लागि पनि संसद चल्नुपर्छ । प्रतिपक्षी दलले आफ्ना कुरा राख्नुपर्छ । जुनसुकै दलले पनि जनताका कुरा राख्न सक्छन् । संसद जनताको प्रतिनिधिमुलक संस्था भएकाले नियम, प्रकृया र विधि विधानमा आउँछ । राष्ट्र र जनतामा परेको समस्यालाई केन्द्रिकृत गरेर वैज्ञानिक ढंगले समाधान गर्ने बाटोतिर जान सकिन्छ । संसद अनिवार्य छ ।’’ स्वास्थ्य सुरुक्षाका मापदण्ड अपनाउँदै जुनसुकै अवस्थामा पनि संसद सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘६ सय सांसदको म्यानेज भएको ठाउँ हो । अहिलेको संख्या एकदमै सानो हो । यसलाई व्यवस्थापन पनि सचिवालयले यो भन्दा पहिलेको बैठक पनि दुरी बनाएर सञ्चालन गरेको थियो । सांसदहरुले आफ्नो ठाउँबाट सतर्कता अपनाउने । यातायातको साधन नभएका सांसदका लागि म्यानेज गरियो भने । साना भन्दा साना कुराको म्यानेग गरियो चल्न नसक्ने हुन्न । संसद रिस्क मोलेर पनि चल्नुपर्छ । किन की त्यो त जनताको प्रतिनिधिमुलक संस्था हो । जनताको जीवनरक्षाका लागि जनताले आफ्ना काम अगाडी बढाउनदा पर्ने अफ्ट्यारा पनि संसदले सम्बोधन गर्नुपर्छ ।’’

पूर्व सभामुख रामचन्द्र पौडेलले राज्यलाई सञ्चालन गर्ने र सरकारलाई बाटो देखाउने भएकाले संसद अधिवेशन सुचारु गर्नु अनिवार्य भएको बताउनुभयो । सरकारले संसदको अधिवेशन बन्द गर्दा कतिपय तत्काल बन्नुपर्ने ऐन, कानूनहरु अलपत्र परेको उहाँले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि आकस्मिक रुपमा संसदको अधिवेशन अन्त्य गरेको उल्लेख गर्दै पूर्व सभामुख पौडेलले सत्तारुढ दलले एकाधिकार लाद्न खोजको दृष्टान्त हो भन्न्नुभयो । तिहार छठ लगत्तै अधिवेशन सुरु गर्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘संघीय लोकतान्त्रीक प्रणालीमा संसद अभिन्न अंग हो । त्यसले नै राज्यलाई सञ्चालित गर्छ । सरकारलाई बाटो देखाउँछ । सरकारलाई आफ्नो कर्तव्यमा हिड्न लगाउँछ । यसको आवश्यकता लोकतन्त्रमा महत्वपूर्ण हुन्छ । अहिले संसदको अधिवेशन अन्त्य गरेर कतिपय बन्नुपर्ने कानून नियमहरु बन्न सकेनन् । आकस्मिक रुमा सत्ता स्वार्थका लागि प्रधानमन्त्रीले अधिवेशन अन्त्य गर्नुभयो । यो सत्तााधारीको मनोपोलीको दृष्टान्त हो । संसदको अधिवेशन तोकिएको समयमा चल्छ । त्यसको एउटा नियम हुन्छ ।

आवधिक निर्वाचन, आवधिक समयवद्ध काम लोकतन्त्रको अनुशासन हो । संसदले शासकलाई अनुशासनमा राख्ने बाटो देखाउने, देशलाई नीति निर्देशन गर्ने नियम कानून बनाउने थलो रोकेर यसरी राख्न हुने थिएन । अपरिहार्य छ । समय नआउँदै अधिवेशन अन्त्य गरियो । अब हिउँदे अधिवेशन तिहार छठपछि सुरु गर्नुपर्छ । देशलाई दिशा दिनुपर्छ ।’’ सरकारले आकस्मिक रुपमा संसद अधिवेशन अन्त्य गर्दा प्रतिपक्षी दलले दतारुकता देखाउन नसकेको उहाँले स्वीकार गर्नुभयो । संसदको कृयाशिलता कायम राख्न तत्काल संसद बोलाउनुपर्ने पक्षमा कांग्रेस रहेको उहाँले बताउनुभयो । सरकारले संसदको अन्त्य गरेर लोकतन्त्रको आत्मालाई मार्ने काम भएको उल्लेख गर्दै उहाँले संसद सुचारु गरेर लोकतन्त्रको आत्मा जोगाएर देशलाई समृद्धितर्फ लैजान सकिने बताउनुभयो ।