१२ श्रावण २०८३, मंगलवार
,
Latest
चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन नेपाल कानून आयोगलाई सरकारी विधेयक तर्जुमाको मुख्य निकाय बनाउने तयारी, ऐन संशोधनमा सार्वजनिक सुझाव माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत ४६ रनमा अलआउट, घरेलु पिचमा सबैभन्दा कम स्कोरको रेकर्ड तोडियो



अ+ अ-

एजेन्सी । न्यूजिल्याण्ड विरुद्धको बैंगलोर टेस्टको पहिलो इनिङ्समा भारतीय टोली ४६ रनमा अलआउट भएको छ ।

यो घरेलु मैदानमा भारतको सबैभन्दा सानो स्कोर हो । सन् १९८७ मा वेस्ट इन्डिजविरुद्धको दिल्ली टेस्टमा टोली ७५ रनमा अलआउट भएको थियो ।

बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा बिहीबार भएको खेलमा भारतीय कप्तान रोहित शर्माले टस जितेर ब्याटिङ रोजे तर न्यूजिल्याण्डका फास्ट बलरले रोहितको निर्णयलाई गलत साबित गरे ।

स्विङ र बाउन्सी पिचमा भारतीय ब्याट्सम्यानले आफूलाई सम्हाल्न सकेनन् ।

ऋषभ पन्तले सर्वाधिक २० रन बनाए भने यशस्वी जैसवालले मात्र १३ रन बनाउन सके । कप्तान रोहित शर्मा (२ रन) टिम साउथीबाट बोल्ड भए । विराट कोहली, सरफराज खान, केएल राहुल, रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले खाता पनि खोल्न सकेनन् ।

न्यूजिल्याण्डका म्याट हेनरीले ५ विकेट लिए भने विलियम ओउरकेले ४ विकेट लिए ।

अहिले दोस्रो सत्रको खेन चलिरहेको छ । पहिलो इनिङ्समा न्यूजिल्याण्डको स्कोर ३६/० छ । टम लाथम र डेभन कोनवे क्रिजमा छन् ।