२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कात्तिक महिनाका लागि पनि वाणिज्य बैंकहरूले घटाए ब्याजदर



अ+ अ-

काठमाडौं । कात्तिक महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले अघिल्लो महिनाको तुलनामा कात्तिकमा औसतमा ०.२५ प्रतिशतले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।

कात्तिकमा २० वाणिज्य बैंकमध्ये १० बैंकले ब्याजदर घटाएका छन् । ९ बैंकले स्थिर राखेका छन् भने सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । सानिमाले कात्तिकका लागि ०.२५ प्रतिशतले ब्याजदर बढाएको छ । यससँगै यसको मुद्दती निक्षेपको ब्याजदर ५.९ प्रतिशतबाट ६.१५ पुगेको छ ।

सबैभन्दा बढी हिमालयन बैंकले ब्याजदर घटाएको छ । कात्तिकमा हिमालयनले ०.७५ प्रतिशतले ब्याजदर घटाउदै ६.२५ प्रतिशत दिने भएको छ । असोजमा ७ प्रतिशत थियो ।

कार्तिकमा एनएमबी, एसबीआई, प्रभु, माछापुच्छ्रे, नेपाल इन्भेस्टमेन्ट मेगा, ग्लोबल आईएमई, कुमारी, एभरेस्ट र नेपाल बैँकले ब्याजदर स्थिर राखेका छन् ।

असोजमा अधिकतम व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ६.३९ प्रतिशत रहेकोमा कात्तिकमा ६.१८ प्रतिशतमा झरेको छ ।