५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा



अ+ अ-

काठमाडौं । महिला साफ च्याम्पियनसिपका लागि खेल्ने महिला राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार २३ सदस्यीय टिमको घोषणा गरेको हो ।

साफ महिला फुटबल च्याम्पियनसिप आगामी बिहिबारदेखि काठमाडौँमा हुँदैछ ।

यस प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेशी, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र भुटान सहभागी हुँदै छन् ।

नेपाल रहेको समूह बी मा श्रीलंका, माल्दिभ्स र भुटान रहेको छ भने समुह ए मा भारत, बङ्गलादेश र पाकिस्तान रहेका छन् ।

प्रतियोगिताको पहिलो खेल बिहीबार भारत र पाकिस्तानबीच हुँदैछ । नेपालले भने शुक्रबार पहिलो खेलमा भुटानको सामना गर्दै छ ।

नेपालले यसअघिका सबै छ साफ च्याम्पियनसिपमा भाग लिएपनि अहिलेसम्म उपाधि जित्न सकेको छैन । नेपाल पाँच पटक प्रतियोगिताको उपविजेता बनेको छ ।

भारतले पाँच पटक उपाधि जितेको छ भने एक पटक बङ्गलादेशले उपाधि जितेको छ ।

टिम नेपालः

गोलकिपरः
अन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर र उषा नाथ ।

डिफेन्डरः
गीता राना, अमृता जैसी, समिक्षा घिमिरे, निशा ठोकर, पूजा राना, विमला विक, हिरा कुमारी भुजेल र सजनी ठोकर ।

मिडफिल्डरः
रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की र विमला चौधरी ।

फरवार्डः
रश्मीकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र सावित्रा भण्डारी ।