१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

भूइँबाट उठेका गायक दुर्गेश थापा

भूइँबाट उठेका गायक दुर्गेश थापा
अ अ+ अ-

गण्डकी । आफ्ना सिर्जनाका कारण चर्चा र विवादमा तानिइरहने गायक तथा मोडल दुर्गेश थापा अहिले आत्मसमीक्षा गर्ने ठाउँमा आइपुग्नुभएको छ ।

गत तीजको छेकोमा उहाँद्वारा अभिनित गीत ‘झुम्का हरायो…’को म्यूजिक भिडियो सार्वजनिक समारोहमा गायक थापाले दिएको अभिव्यक्ति त्यसकै सार थियो । त्योबेला थापाले भन्नुभएको थियो, “अबदेखि उट्पट्याङ्ग खालको सिर्जना गर्दिन, सबैलाई पाच्य हुने खालको गीत मात्र गाउँछु ।”

उहाँले उक्त अभिव्यक्तिलाई तीजका अवसरमा अष्ट्रेलियामा भएको साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिने क्रममा पनि दोहोराउनुभएको थियो । भिन्न गायन शैलीका कारण आफू चर्चित हुँदाहुँदै पनि कतिपय गीत विवादमा परिरहेको पृष्ठभूमिमा उहाँले गरेको आत्मसमीक्षाले उहाँको कलाकारितालाई के नयाँ मोड दिनसक्छ ? “उमेर, अनुभव, सङ्गत आदिले आफू नयाँ चरणमा आइपुगेको अनुभूति भएको छ”, ३७ वर्षीय थापाले भन्नुभयो, “सुरुआत र सङ्घर्षकालमा भन्दा अझ परिमार्जित र परिपक्क ढङ्गले दर्शक/स्रोतमाझ आउन खोजिरहेको छु ।”

आठार वर्षको सिर्जनकर्ममा मिठानमिठा क्षणहरु गुजार्नुभएका उहाँ सङ्घर्षको भट्टीबाट खारिएर आउनुभएका प्रतिभा हुनुहुन्छ । युवा र किशोरपुस्तामाझ बढी लोकप्रिय थापाले डान्सबारदेखि चलचित्रसम्मको अनुभव बटुल्नुभएको छ । २०६३ तिर गृहथलो बागलुङको गलकोट नगरपालिका–७ मल्मदेखि काठमाडौँ पुग्दा उहाँसँग केबल एउटा सपना थियो, मोडल बन्ने । समयक्रममा उहाँ अभिनय हुँदै गायनतिर डोरिनुभयो ।

गायक तथा सर्जक बसन्त थापाको साथ लागेर पहिलो पटकट राजधानी छिर्नुभएका उहाँको अपरिचित सहरमा सङ्घर्ष सुरु भयो । “अग्रज कलाकार, मेरो आदरणीय दाइ बसन्त थापासँग म पहिलो पटक काठमाडौँ गएको हुँ, कलाकारितामा मलाई तातेताते गराउनुभएको उहाँले नै हो”, थापाले भन्नुभयो, “एउटा अभिभावकसँगै कला क्षेत्रको गुरुका रुपमा म उहाँलाई आदर गर्छु ।” बुबा भारतीय सेनाबाट निवृत्त भएकाले परिवारको पनि चाहना भर्ती होस् अथवा कतै जागिर गरोस् भन्ने थियो । थापाले त्यसका लागि प्रयास नगर्नुभएको पनि होइन ।

विद्यालय तहको पढाइ सकेर उहाँ भारतीय सेनामा भर्ती हुने सोचले बनारस पुग्नुभयो । त्योबेला माइलाबुबा पनि भारतीय सेनामा कार्यरत रहेकाले भर्ती हुन सजिलो हुने ठानेर उहाँ केही वर्ष बनारसमै बस्नुभयो । केही समयपछि लाहूरेको सपना त्यागेर उहाँ घर फर्कनुभयो ।

घरमा आएपछि अरु कुरा नसोची उहाँ काठमाडौँ हानिनुभयो । गलकोट, मल्ममै जन्मनुभएका गायक विष्णु खत्री, बसन्त थापालगायतबाट सानैदेखि प्रभावित उहाँले काठमाडौँमा भूइँदेखि सङ्घर्ष सुरु गर्नुप¥यो । कहिले चलचित्रमा कोरस नाच्नुभयो त कहिले डान्सबारमा । नृत्य र अभिनय प्रशिक्षणका अलवा उहाँ विस्तारै अनुभवले पनि खारिँदै जान थाल्नुभयो ।

विसं २०६५ मा गायक बिमल डाँडीको दसैँ गीतको म्यूजिक भिडियोमा थापाले पहिलो नृत्य र अभिनय गर्नुभएको थियो । “गाउँको असली दुर्गे त्यो भिडियोमा देख्न सकिन्छ, उहिलेको त्यो दुर्गे अहिले दुर्गेश भइसक्यो”, ठट्यौली शैलीमा उहाँले भन्नुभयो । गाउँमा छँदा बालापनका साथीले दुर्गे भनेर बोलाउने गरेको उहाँले सम्झनुभयो । नृत्य र अभिनयबाट अघि बढ्नुभएका थापाले पछि गायनमा पनि हात हाल्नुभयो । पूर्णकला बिसीसँग मिलेर थापाले पहिलो लोकदोहोरी गीत ‘अँधेरीमा जुन लाएको हो…’ गाउनुभयो ।

त्यसअघि उहाँले ‘आफू हाँसे संसार हसाउँछ…’, ‘नघाम लाउनी, न पानी पर्नी…’लगायत गीतमा शब्द र सङ्गीत भरिसक्नुभएको थियो । त्योबेला आफूले सिर्जना गरेका केही गीत गाउन चाहँदा पनि स्वर चल्दैन भनेर गाउन नपाएको गुनासो गर्नुभयो । अभिनय र गायनलाई सँगसँगै डो¥याउनुभएका थापाले हालसम्म ४५ गीतमा स्वर दिनुभएको छ भने १५ सयबढी म्यूजिक भिडियोमा अभिनय गर्नुभएको छ । उहाँ म्युजिक भिडियोमा अहिले पनि चल्तीको मोडल हुनुहुन्छ । रामचन्द्र काफ्लेको स्वरमा रहेको ‘माया लाएर के भो…’ गीतको म्यूजिक भिडियोबाट थापा मोडलका रुपमा बढी चिनिन थाल्नुभएको हो ।

थापाले आधुनिक, लोकदोहोरी, पपलगायत गीतका म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ । ‘डाँडै बिसौनी…’, ‘जूनले मात्र देख्छ…’, ‘हाँस्न सिकायौ…’लगायत उहाँद्वारा अभिनित चर्चित लोकदाहोरी गीत हुन् । पछिल्लो समय थापाले नायिका प्रियङ्का कार्की र गरिमा शर्मासँग मिलेर तीज गीत ‘झुम्का हरायो…’मा नृत्य तथा अभिनय गर्नुभएको थियो ।

“सङ्गीत क्षेत्रमा यति छिट्टै स्थापित हुन्छु जस्तो लागेको थिएन, तर सङ्घर्ष गर्दै जाँदा सम्भव हुँदो रहेछ”, गायक थापाले भन्नुभयो “यसको श्रेय म मेरो अभिभावक र दर्शक/श्रोतालाई दिन चाहान्छु ।” काठमाडौँ जस्तो सपनाको सहरमा उहाँलाई अनेक अवरोध पनि नआएका होइनन् । तर उहाँले बाधाहरु सजिलै छेक्नुभयो, रोक्नुभयोे र पहिलाउनु भयो आफ्नो सत्मार्ग । सुरुआतिकालमा रेष्टुराँ र बारमा नृत्यकारको रुपमा काम गर्नुभएका उहाँ अहिले अभिनय र सङ्गीतमा सिद्धहस्त बन्नुभएको छ ।

काठमाडौँको ठमेल र दरबारमार्गका डान्सबारमा नाचेका ती दिनको सम्झनाले अझ यो क्षेत्रमा राम्रो गर्न प्रेरित गर्ने उहाँले बताउनुभयो । डान्सबारमा काम गर्दागर्दै अभिनयमा छिर्ने र चलचित्रमा काम गर्ने सोख पलाएपछि आफूले नियमित नृत्य र अभिनय प्रशिक्षण लिन थालेको थापाले सुनाउनुभयो ।

“मेरो अभिनयको यात्रामा ‘जुनले मात्र देख्छ…’ बोलको गीतले राम्रो मोड दिएको हो, उक्त गीतबाट धेरै दर्शकको माया र सद्भाव पाउन सकेँ’, उहाँले भन्नुभयो “त्यसपछि ममा झन् अभिनयमै प्रतिबद्ध भएर लाग्ने सोंच आयो, मलाई आफूभित्रको म भेटाए झैँ लाग्यो ।”गायनमा पनि उहाँको भिन्न पहिचान छ । पाँच वर्षअघि थापाले गाएको तीज गीत ‘हामी पनि नाच्नु पर्छ बीचबीचमा…’ त्योबेला चर्चित बनेको थियो । जुन गीतको म्यूजिक भिडियोलाई हालसम्म झण्डै दुई करोड पटक हेरिएको/सुनिएको छ ।

उक्त गीतलाई सातौँ संस्करणसम्म निरन्तरता दिनुभएका थापाले यसै वर्षदेखि उक्त गीतको सिलसिलालाई अन्त्य गर्ने घोषणा गर्नुभएको थियो । थापाले पछिल्लो समय चलचित्रका गीतमा पनि स्वर तथा सङ्गीत दिनुभएको छ । पहिलोपटक दीपक÷दीपाको चलचित्र ‘छ माया छपक्कै।।’मा प्रोमोशनल गीत गाउनुभएका थापाले आगामी कात्तिकमा प्रदर्शन हुने चलचित्र ‘ह्रस्वदीर्घ’मा गाउनुभएको ‘उठेर नाचिस्यो…’ गीत अहिले युट्युबमा चर्चित छ । सदीक्षा कट्टेलसँगको युगल गायन रहेको उक्त गीतमा शब्द र सङ्गीत पनि थापाकै रहेको छ ।

प्रदर्शनका क्रममा रहेको ‘रङ्गी’ चलचित्रको ‘छ भने माया हाइ भन…’ गीतको सङ्गीत र शब्द पनि उहाँले रचना गर्नुभएको हो । उक्त गीतमा गायक आनन्द कार्की र गायिका सुरक्षा केसीले स्वर दिनुभएको छ । गायकभन्दा बढी स्टेज परर्फमरका रुपमा आफूलाई चिनाउन चाहाने थापाले गीत गायकै आधारमा प्रतिबन्धसमेत झेल्नुप¥यो । केही वर्षअघिको तीज गीतमा प्रयोग भएको शब्दलाई लिएर राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानले उहाँलाई कार्यक्रमहरुमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

तिहारका बेला थापाले सार्वजनिक गरेको ‘हेप्पी तिहार…’ बोलको गीत पनि आलोचित भएपछि विवादित अंश सम्पादन गरेर पुनः युट्युबमा अपलोड गर्नुपरेको थियो । “निश्चित उमेर समूहलाई लक्षित गरेर गाउँदा कतिपय गीत समाजलाई पाच्य नहुँदो रहेछ, स्रोता÷दर्शकको आलोचना र सुझावले मलाई नयाँ ढङ्गले अघि बढ्न प्रेरणा दिएको छ”, उहाँले भन्नभयो । चलचित्र ‘द ब्रोकन हर्ट’मा अभिनय गर्नुभएका थापाले चलचित्र अभिनयको क्षेत्रलाई भने सोचेजसरी अगाडि बढाउन सक्नुभएको छैन ।

अभिनय सँगसँगै गायनमा लागेपछि उहाँले साङ्गीतिक यात्राका क्रममा देशदेशावर घुम्ने अवसर पाउनुभएको छ । अष्ट्रेलियादेखि जापान र हङ्कङदेखि इराकसम्मका सहरमा थापाले आफ्नो साङ्गीतिक प्रस्तुति दिइसक्नुभएको छ । देशभित्रका मेला/महोत्सवमा पनि उहाँलाई भ्याइनभ्याइ हुने गरेको छ ।

उहाँलाई युट्युबबाट पनि राम्रो कमाइ हुन्छ । ‘दुर्गेश थापा’ नामको युट्युबमा सस्क्राइबरको सङ्ख्या दस लाखबढी पुगेको छ । ‘विन्ध्यवासिनी म्यूजिक अवार्ड’, ‘ज्योति अवार्ड’लगायत दर्जनौँ अवार्ड तथा पुरस्कारबाट थापा सम्मानित हुनुभएको छ । राम थापा/रासस