८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

अर्थतन्त्रको समग्र अवस्था सन्तुलित नै छ: अर्थमन्त्रीका सल्लाहकार डा प्रकाश श्रेष्ठ

अर्थतन्त्रको समग्र अवस्था सन्तुलित नै छ: अर्थमन्त्रीका सल्लाहकार डा प्रकाश श्रेष्ठ
अ+ अ-

डा प्रकाश श्रेष्ठ

अहिले हामी कोभिडको प्रभावमा छौं । यसको अझै संक्रमण बढ्दैछ । कहिले सकिन्छ निक्र्यौल भएको छैन । अहिले नयाँ अर्थमन्त्री विष्णु पौडेल आउनु भएको छ । उहाँको प्राथमिकता अहिलेको बजेटको संचालन नै हो । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधि सकिएको छ । सरकारको अहिलेको प्राथमिकता मौद्रिक नीतिसँगै बजेटको कार्यान्वयनलाई जोड दिने रहेको छ । बजेट कार्यान्वयनको पाटो विगतदेखि नै कमजोर रहने गरेको अनुभव छ । त्यसैले अहिले बजेट कार्यान्वयनलाई नै पहिलो प्राथमिकता दिनुको विकल्प छैन । त्यससँगै कोभिडको कोर्स कसरी जान्छ, त्यो कहिलेसम्म जान्छ, अझै निक्र्यौल भइसकेको  छैन ।

अहिले हामी लकडाउनको स्थितिमा छैनौं । आर्थिक कृयाकलाप असोजदेखि धेरै सहज भएको अवस्था छ । यस कोभिड १९ ले पारेको प्रभावको सम्बन्धमा अब विभिन्न तप्कालाई विभिन्न ढंगले प्रभाव पारेको अवस्था छ । धेरैथोरै सबैलाई प्रभाव पारेको छ । अलि बढी प्रभावित वर्ग, तप्कालाई कसरी राहत दिने र अर्थतन्त्रको पुनरुत्थान कसरी गर्ने भन्ने सन्दर्भमा अर्को फोकस हुनु पर्दछ जस्तो लाग्छ । सँगसँगै पुँजीगत बजेटको कार्यान्वयन अर्को पाटो हो । हाम्रो पूँजीगत खर्च विगतदेखि नै कम हुने गरेको छ त्यसलाई बढाउन सकियो भने पनि एक किसिमले आमजनतालाई राहत पुग्ने देखिन्छ ।

किनभने सरकारी खर्च बृद्धि हुनेबित्तिकै बजेटमार्फत एक किसिमले ठूलो रकम अर्थतन्त्रमा प्रवाहित हुन्छ, त्यसले रोजगारी सिर्जना हुन्छ, र धेरै हदसम्म रोजगारी पाउने बित्तिकै मान्छेहरुलाई राहत हुने स्थिति बन्छ । यिनै कुराहरूमा अहिले हामीले जोड दिइरहेका छौं । यस विषम परिस्थितिमा विभिन्न तप्काका व्यक्तिहरुसँग रायसुझाव लिनेक्रम पनि जारी छ । प्राप्त भएका रायसुझावको विश्लेषण गर्ने र तथ्यांकहरु दैनिकरुपमा संकलन गर्ने काम भइरहेको छ । त्यस आधारमा आउने दिनहरुमा थप निर्णयहरु लिनुपर्ने अथवा थप नयाँ निर्णयहरु गर्नुपर्ने स्थिति आएको खण्डमा सोही बमोजिम गर्ने तयारी हुँदैछ ।

यस चालू आर्थिक वर्षको बजेट जेठ १५ गते आएको थियो । त्यतिखेर पनि कोरोनाको अवस्था थियो, त्यसलाई बजेटमा धेरै हदसम्म आँकलन गरिएको थियो । बजेटमा राहत र पुनरुत्थानका लागि मौद्रिक नीति समेत जोड्दा झण्डै २९१ अर्ब छुट्याइएको थियो ।

पाँच छ महिना अघि कोभिडको जुन अवस्था थियो अझै यो अवस्था तत्कालै सुधार हुने देखिन्न र त्यो लामो समय जाने हो कि भन्ने आशंका छ । त्यसैले तुरुन्त राहत दिन वा पुनरुत्थान हुन सक्ने कार्यक्रम जस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गर्नु पर्ने देखिएको छ । त्यहाँ झण्डै ११ अर्ब रुपैयाँ छ । त्यो कार्यान्वयनमा जान सके त्यसले धेरै राहत दिन सक्छ । सीपमुलक तालिमको व्यवस्थाले सबभन्दा विपन्न गरिब परिवारलाई राहत पुग्नेछ । अहिले हामीले पुरै नयाँ ढङ्गबाट सोचियो भने पनि तथ्यांकीय अभावले काममा झन कठिनाई उत्पन्न हुन्छ । अहिले कोभिडले सबैलाई प्रभाव पारेको छ, यसको प्रभाव तल्लो विपन्न वर्ग, ज्यालादारीमा काम गर्ने वर्गलाई सबैभन्दा गाह्रो छ । उनीहरुलाई दैनिक जीविका चलाउन गाह्रो भएको स्थिति छ । त्यसलाई तत्कालै राहत दिनुपर्ने अवस्था हो ।

अब हामी फेरि नयाँ ढंगले काम गर्न थाल्यौं भने धेरै लामो समय लिन सक्छ । त्यसको लागि लामा प्रक्रियाहरु पार गर्नु पर्ने हुन सक्छ किनभने कतिपय पूरक बजेटका कुराहरु आउन सक्छन् । त्यसका लागि सम्पूर्ण कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । त्यसकारण वित्तीय नीतिको यो प्रक्रिया लामो छ ।

विकासशील देशको अर्थव्यवस्था एकैचोटी सबै कुरा राम्रा हुन सक्दैनन् । अहिले कोभिडका बाबजुद केही सूचक, विवरणहरु सकारात्मक छन् । केही निश्चित रुपमा नकारात्मक छन् । सकारात्मक रुपमा हेर्दा खेरि आयात घटेको छ, व्यापार सन्तुलन बचतमा छ, शोधनान्तर बचतमा छ, विप्रेषण आप्रबाहमा वृद्धि भएको छ । विप्रेषण वर्षको पहिलो दुई महिनामा ८ प्रतिशतले बढेको छ, विदेशी विनियम संचिति राम्रो रहेको छ ।

नेपालको निर्यातको आधार साँघुरो छ, कमजोर खालको छ । आयाततर्फ चामल, तरकारी, मेसिनरीको आयात घटेको छ, त्यसले त्यति राम्रो संकेत त गरेको छैन । मूल्य स्थिति पनि नियन्त्रित अवस्थामै छ । बैंकिङ क्षेत्र हेर्दाखेरि बैंकिङ क्षेत्रमा अहिलेसम्मको संकटलाई धानिरहेको स्थिति छ । तरलता पर्याप्त मात्रामा छ । व्याजदर घटेको स्थिति छ । यी केही सकारात्मक पक्षहरू हुन् ।

तर कोभिडले आर्थिक वृद्धिदरमा भने धक्का लागेको छ । आर्थिक वृद्धि जुन गतिमा आइरहेका थियौं, जुन विगतको दुई तीन वर्ष हाम्रो आर्थिक वृद्धिदर ६,७ प्रतिशत माथि थियो । अहिले केन्द्रीय तथ्यांक विभागले २.३ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । विभागले यसलाई परिमार्जन गरिरहेको सुनिँदैछ । योजना आयोगले प्रकाशन गर्न लागेको प्रतिवेदनले पनि ०.६ प्रतिशत मात्र आर्थिक वृद्धि हुने भनेको छ । आइएमएफले शून्य प्रतिशत हुने भनेको छ । सबैले भनेझैं ०, १ प्रतिशतको आसपासको आर्थिक वृद्धिलाई नकार्न सकिँदैन ।

यो वर्ष हामीले  सात प्रतिशतको आर्थिक वृद्धि लक्ष्य बजेटमा छ । त्यो हासिल गर्न कठिन हुने हो कि भन्ने देखिन्छ । आर्थिक कृयाकलाप कम हुँदै गर्दा यसले रोजगारी सिर्जनामा असर पारेको छ । हामीलाई रोजगारीको तथ्याँक त्यति गहकिलो ढंगले नियमित प्राप्त हुने गरेको छैन । प्रधानमन्त्री रोजगार कार्यक्रममा पनि छ लाख भन्दा बढीले निवेदन दिएका छन् । असोज २० गतेसम्म दर्ताको म्याद थियो । बेरोजगारी बढ्ने, आर्थिक वृद्धिमा संकुचन आउने, राजश्व संकलनमा दबाब पर्ने अवस्था यी नकारात्मक अवस्था हुन् । त्यसकारण नेपालको अर्थतन्त्र केही सकारात्मक, केही नकारात्मक अवस्थामा छ । त्यसको बीचमा छौं हामी । हाम्रो अर्थतन्त्रमा केही जटिलता पनि छन्, केही सहजता पनि छन् । त्यो सहजतालाई टेकेर भएका जटिलतालाई समाधान गर्दै जानु नै अबको बाटो हो ।

अहिलेकै अवस्थामा यही सरकारले ल्याएको बजेट हो । धेरै देशले स्टिमुलस प्याकेज (राहत प्याकेज) ल्याएका छन् । हामीले यहाँ त्यो नाम दिएका छैनौं । बजेटभित्र खोजियो भने प्रशस्त छन् । एक दर्जनभन्दा बढी राहतका कार्यक्रमहरु छन्, नभएका होइनन् । मुख्य कुरा परिवर्तन र परिमार्जन मात्रै होइन, अहिले भएकै कुराहरु कार्यान्वयन गर्न सकियो भने सन्तोषजनक परिणाम निकाल्न सकिन्छ । हाम्रोमा कार्यान्वयन पक्ष कमजोर रहँदै आएको छ, त्यो यथार्थ हो । त्यसैले कार्यान्वयनलाई नै बढी प्राथमिकता दिनु पर्दछ ।

हामी आउँदा दिनहरुमा कसरी जान्छौं, हामी त्यसलाई निकटबाट हेरिरहेका छौं, तथ्याँकहरु हेरिरहेका छौं । राजश्व संकलनको स्थिती कस्तो हुन्छ, बजेटको कायान्वयनको स्थिति कस्तो हुन्छ, बजेट कहाँ अभाव हुन्छ । यो विषयमा हामी ध्यान दिँदैछौं । जस्तै, प्रधानमन्त्री रोजगारी कार्यक्रमलाई छुट्याएको बजेटले नपुग्ने स्थिती आयो भने त्यसलाई हामीले बजेटको व्यवस्था गर्नुपर्ने हुनसक्छ । अहिले आर्थिक वर्षको पहिलो त्रैमासिक सकिएर चौथो महिना सुरु भइसकेको छ । हाम्रो प्याटर्न अनुसार नै बल्ल बजेट कार्यान्वयन शुरु हुने गर्दछ । पहिलो त्रैमासिक बजेट तयारीमै बित्ने गरेको छ । त्यसकारण बजेट कार्यान्वयनमा नगई कहाँ कस्ता कमजोरी छन् कहाँ बजेट पुगेको छैन भन्ने कुरा आँकलन गर्न पनि गाह्रो हुन्छ । अर्को कुरा प्रक्रियागत रुपमा पनि समय लाग्ने र हामीले अहिले तुरुन्तै एक्सनमा जानुपर्ने अवस्था पनि छ । त्यसले गर्दा तत्कालै त्यसको सम्भावना अलि कम नै देख्छु ।

अब बजेट कार्यान्वयनमा सबभन्दा चुनौती भनेको पुँजीगत खर्च बढ्न नसक्नु नै हो ।  आयोजनाहरु कार्यान्वयनको पक्ष त्यो कमजोर रहने गरेको छ, त्यो नै सबैभन्दा ठूलो चुनौती छ । हामीले अहिले समीक्षा शुरु गरेका छौं, कहाँ के समस्या छ, कसरी समाधान गर्न सकिन्छ, धेरै समस्याहरूमा जेलिएको स्थिती छ । ती पूँजीगत खर्च बढ्ने बित्तिकै बित्तिकै धेरै राहात हुन्छ । यसले धेरै अर्थतन्त्रलाई चलायमान बनाउँछ । द्विविधा नै छैन । अहिले तीन तहको सरकारहरुसँग २ रुपैयाँ बैंकमा रहेको स्थिति छ । त्यो रिलिज हुने बित्तिकै पब्लिकले कुनै न कुनै रूपमा जनताले राहत पुग्ने हो । त्यो नै सबैभन्दा बढी चुनौती छ । यसको गाँठो फुकाउन, समस्याको हामीले अहिले तुरुन्तै अर्थमन्त्री ज्यूले सुरु भएको छ । विभिन्न मन्त्रालयसँग परामर्श जारी छ । छ–सात वटा मन्त्रालयसँगको बैठक भइसकेको छ  भने त्यसमा निरन्तरता दिइनेछ । त्यो नै प्रमुख चुनौती हो, र समाधान गर्नुपर्ने कुरा पनि हो ।

हामी नयाँ उपाय, सुझावहरु सबैले दिन सक्छन् । हामी खुला रुपमा लिन चाहन्छौं । सुझावको विश्लेषण गर्न चाहन्छौं, र उपयुक्त सुझावलाई विस्तारै कार्यान्वयनमा जान सकिन्छ ।

हामीले स्वास्थ्य संक्रमणलाई व्यवस्थित गर्दै स्वास्थ्य मापदण्ड अपनाउँदै हामी आर्थिक गतिविधिमा सक्रिय हुनै पर्दछ । हामी आर्थिक गतिविधिमा सक्रिय हुन सक्यौं भने यी धेरै समस्या देखिएका ती आफैं समाधान हुन पुग्छन् । त्यसकारण हामीले अब कोभिड छ भनेर हात बाँधेर बसेर हाम्रो जीविका, प्रगति हुने स्थिति छ । त्यसैले स्वास्थ्य मापदण्ड मापदण्ड अपनाऔं, आर्थिक गतिविधिमा संलग्न होऔं, आफ्ना जिम्मेवारी निर्वाह गरौं । सरकारी संयन्त्रहरू, मन्त्रालयहरू, विभागहरू, कार्यालयहरु जति छन् सबैले आ–आफ्नो जुन बजेट छ सरकारले व्यवस्था गरेको जुन बजेटलाई खर्च गरौं, पुँजीगत खर्च गरौं । पुँजीगत खर्च बढाऔं । यो कसैले गरिदिँदैन, त्यो हामी आफैंले गर्ने हो, सक्रियता ल्याउँ, सक्रियतापूर्वक लागौं । कुनै समस्या छन् भने समाधान गरौं । हामी अहिले समीक्षा गरिरहेका छौं, अर्थमन्त्रीज्यू समस्या समाधान गर्न खुला हुनुहुन्छ । (कुराकानीमा आधारित)
 

डा प्रकाश श्रेष्ठ अर्थमन्त्रीका आर्थिक सल्लाहकार हुनुहुन्छ ।