२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar नेपालको रग्बीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

विपद्को प्रभाव वर्षेनी बढ्दै,विद्यालयमा सुरक्षित साथ सिक्ने सिकाउने कसरी ?

विपद्को प्रभाव वर्षेनी बढ्दै,विद्यालयमा सुरक्षित साथ सिक्ने सिकाउने कसरी ?
अ अ+ अ-

सन् २००० यता, विपद्का घटनाहरुले १ अर्ब भन्दा बढी बालबालिकाको जीवनमा प्रभाव र ८० हजार भन्दा बढी विद्यालयहरुमा क्षति गरेको देखिन्छ । वर्तमान समयमा विपद्को प्रभाव वर्षेनी बढ्दै गएका छन् । विपद्ले जीवनको क्षति गर्ने, घाईते बनाउने, वा भवन भत्काउने मात्र नभई बालबालिकालाई शिक्षा र स्वास्थ्य सेवाबाट बञ्वित गराउनुको साथै खाद्य असुरक्षाको समेत सिर्जना गर्छ । त्यसैले, आज र भोलिका दिनमा बालबालिकाको सुरक्षामा निकै ध्यान पुर्याउनु पर्दछ ।

विद्यालयमा सुरक्षित साथ सिक्ने सिकाउने व्यवस्था गर्नु जरुरी छ । यसका लागि सरकारी तहबाट कामको थालनी हुन र शिक्षकहरुबाटै विपद् जोखिमबारे सिकाउन आवश्यक छ । यही सन्देशलाई प्रस्तुत गर्दै, संयुक्त राष्ट्रसंघको विपद् जोखिम न्यूनीकरण कार्यालयले अक्टोबर १३ २०२४ का दिन अन्तराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस मनाउन आव्हान गरेको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा शिक्षाको भूमिका देखाउन सके र युवाहरुको सशक्तिकरण गर्न सकेमात्र विपद् रहित भविष्य सुनिश्चित हुने र विपद् जोखिम न्यूनीकरणका लागि सेन्डाई कार्यढाँचाको उद्देश्य समेत पूरा हुने उल्लेख गरेको छ । त्यसैले, यस वर्षको नारा “उत्थानशील भविष्यका लागि भावि पुस्ताको सशक्तिकरण” राखिएको छ ।

भनिन्छ, आजका बालबालिका, भोलिका कर्णधार हुन् । सेन्डाई कार्यढाँचाले समेत बालबालिका तथा युवाहरुलाई परिवर्तनका संवाहकको रुपमा प्रस्तुत गरेको छ । नेपालमा विगतका विपद्का घटनाहरुमा युवा पुस्ता छिटो परिचालित भई अग्रस्थानमा रहेर स्वस्फूर्त रुपमा खोज-उद्धार र राहत वितरण कार्यमा परिचालित भएको हामीले अनुभव गरेकै छौं । युवा र बालबालिकाहरु नयाँ प्रविधि र परिवेशहरुको सम्मुखमा रहने हुँदा उनीहरु नयाँ सोच, उर्जा र उत्साहले भरिपूर्ण हुन्छन् ।

उनीहरु नविनतम प्रयोग गर्न सक्षम छन् । सुदृढ र नविनतम प्रविधिहरुको विकास भईरहेका सन्दर्भमा, उनिहरुलाई विपद् जोखिमबारे ज्ञान दिन सकेमा विपद् जोखिम न्यूनीकरणमा ती प्रविधिहरुको समुचित प्रयोग बढ्ने सम्भावना हुन्छ । प्रविधिहरुमा वातावरणीय ज्ञानलाई एकिकृत गर्दै समुदायमा चेतना फैलाउन, सामाजिक सञ्जालको प्रयोग गरी जोखिम सञ्चारमा भूमिका खेल्न, र नेतृत्व, नवप्रवर्तन, र सहकार्यका माध्यमबाट आफू र आफ्नो समुदायलाई थप सुरक्षित र उत्थानशील बनाउन सक्ने परिवर्तनका संवाहकका रुपमा उभिन सक्छन् ।

बालबालिका र युवाहरुलाई परिवर्तनका संवाहकका रुपमा अघि बढाउन शिक्षा र क्षमता विकास, नेतृत्वको अवसर र प्रविधिको प्रयोग आवश्यक छ । उनिहरुको अधिकतम सक्रिय समय विद्यालयमा बित्ने गर्छ भने शिक्षक-शिक्षिका प्रेरणाका स्रोत र साथीहरु आधारस्तम्भ हुने गर्दछन् । तसर्थ, बालबालिका र युवाहरु विद्यालयमा हुने गरेका, शिक्षक-शिक्षिकाहरुबाट सिकाईने र साथीहरुसँग मिलेर गरेका क्रियाकलापहरुसँग बढी अभ्यस्त हुने र तिनै अनुसार व्यक्तिगत, व्यवहारिक र व्यवसायिक आचरणको विकास हुने गर्दछ । त्यस्तै, प्रविधिका मार्फत् हुने ज्ञान र शैक्षिक क्रियाकलापहरुले उनीहरुको आचरणलाई निर्देश गरिरहेको हुन्छ ।

त्यसैले, बालबालिका र युवाहरुको व्यक्तिगत, व्यवहारिक र व्यवसायिक आचरणमै विपद् जोखिमबारे ज्ञान एकिकृत गर्न सकेमा विपद् रहित भविष्यको परिकल्पना गर्न सकिन्छ । त्यसका लागि, विभिन्न उपायहरु मध्ये, विद्यालय एक सहज माध्यम हुन सक्छ । विद्यालयमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी व्यवहारिक पाठ्यक्रम निर्माण गरी पठनपाठन र अभ्यास गराउन सके बालबालिकामा जोखिमबारेको बुझाई सुदृढ हुन सक्छ ।

समय-समयमा समुदायस्तरमा रहेका बाल क्लब, युवा क्लब, वा युवा सञ्जाल मार्फत् विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीका क्रियाकलापहरुलाई निरन्तरता दिन सकेमा अझ बढी जोखिम-सूचित युवा पुस्ताको निर्माण हुनेछ र सामुदायिक उत्थानशीलतामा समेत टेवा पुग्नेछ ।

युवाहरुको समूहलाई थप सक्रिय बनाउन र सहकार्यको वातावरण मिलाउन, विभिन्न सरोकारवालाहरुसँगको संयुक्त सञ्जाल निर्माण गर्न र प्रविधिक तथा वित्तीय सहयोगका अवसर प्रदान गर्न सकिएमा, युवा र बालबालिकाहरु अझ प्रभावकारी रूपमा परिवर्तनका संवाहक बन्न सक्ने देखिन्छन् । नीति निर्माणमा उनीहरूको सहभागिता सुनिश्चित गर्दै, भावी नेतृत्वका लागि प्रोत्साहन गर्न सकिन्छ । जोखिम-सूचित युवाहरुको नेतृत्वमा हुने विकासका क्रियाकलापहरु प्रकोप उत्थानशील पक्कै हुनेछन् ।

लेखक सुमन चापागाई विगत ९ वर्ष भन्दा बढी समय देखि विपद्को अध्ययन अनुसन्धानको क्षेत्रमा कार्यरत हुनुहुन्छ ।