२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल फर्किए सन्दीप, अमेरिकाको भिसाका लागि प्रयास गर्ने



file photo
अ+ अ-

काठमाडौं । नेपाली क्रिकेट टोली लिग २ को अर्को श्रृंखलाका लागि अमेरिका प्रस्थान गरेको छ । नेपालले अमेरिका मा घरेलु टोली र स्कटल्यान्डसँग ४ खेल खेल्नेछ ।

नेपाली क्रिकेट टोली अमेरिका लाग्दा स्पिनर सन्दीप लामिछाने भने नेपाल फर्किएका छन् । अमेरिकाको भिसा नभएकाले उनी नेपाल फर्किएका हुन् ।

डेढ महिनाअगाडि अमेरिकी दूतावासमा सन्दीपले दिएका भिसा आवेदन अझै पनि होल्डमा छ । टीमका सबै खेलाडीलाई अमेरिकाले तत्काल तीन महिनाको भिसा दिए पनि सन्दीपको आवेदन विचाराधीन राखिएको थियो ।

सन्दीप नेपाल फर्किएपछि फेरि अमेरिकी दूतावासमा भिसाको प्रकिया अघि बढाइने क्यानको स्रोतले बतायो । दूतावासले भिसा दिएमा सन्दीप दशैँ मनाइसकेर अमेरिका उड्नेछन् ।

नेपालले यसअघि क्यानाडामा तीन खेल हारेकोले यो श्रृंखला निकै महत्त्वपूर्ण छ ।