८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

कोरोना भाइरसको संक्रमणबाट बाँकेमा तिन जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट बाँकेमा तिन जनाको मृत्यु
अ+ अ-

बाँके। कोरोना भाइरसको संक्रमणबाट बाँकेमा बर्दियाका दुईजना र दाङका एकजना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा बर्दियाका २९, ३५ र दाङका ६४ वर्षीय पुरुषको मृत्यु भएको हो । 
 
कात्तिक २३ गते साँझ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका बर्दिया ठाकुरद्वारा नगरपालिका–२ का २९ वर्षीय पुरुषको  सोमबार दिउँसो पौने २ बजे मृत्यु भएको र सोही दिन साँझ ६ बजे कोरोना पोजेटिभ रिपोर्ट आएको बाँकेका फोकल पर्सन नरशेबाबु श्रेष्ठले बताए । श्रेष्ठका अनुसार मृतकमा निमोनियाको समस्या थियो ।

यस्तै वेस्टर्न अस्पताल नेपालगन्जमा कात्तिक २३ गते साँझ भर्ना भएका बर्दियाकै बाँसगढी नगरपालिका( ८ का ३५ वर्षीय पुरुषको सोमबार साँझ ५ बजे कोरोना संक्रमण पुष्टि भएको र राति सवा ८ बजे उनको मृत्यु भएको हो ।

यस्तै भेरी अस्पताल नेपालगन्जमा सोमबार बिहान अस्पताल भर्ना भएका दाङ घोराही उपमहानगरपालिका–१५ का ६४ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको हो । उनको कोरोना परीक्षण रिपोर्ट भने राति १० बजे आएको हो ।

बाँकेका अस्पतालहरुमा बाहिर जिल्लाबाट उपचारका लागि आएका कोरोना संक्रमितको मृत्यु हुने संख्या ३२ पुगेको कोभिड संकट व्यवस्थापन केन्द्र बांकेले जनाएको छ ।