काठमाडौ । सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही सचिवालय सदस्यहरु आज पनि छलफलमा जुट्दैछन् । सनिबार प्रधानन्त्री तथा अध्यक्ष केपी ओलीलाई सचिवालय बैठक बोलाउन ४८ घण्टे अल्टिमेटम दिएको समयसीमा सकिएपछि ओली माथी दबाव सृजना गर्ने पुन छलफलमा जुट्न लागेका हुन् ।
मंगलबार मध्यान्न चार बजे पार्टी मुख्यालयमा बस्ने भनिएको छलफलमा सचिवालयको बैठक बोलाउने बारे निर्णय हुने एक सदस्यले जानकारी दिए । मंगलबार अध्यक्ष ओलीले दाहाल लगायतका समुहले दिएको निबेदनमा तोक लगाउदै बैठक बोलाउने तयारी गर्न महासचिब बिष्णु पौडेललाई निर्देशन दिएका थिए ।
तर अध्यक्ष दाहालले अर्का अध्यक्ष ओलीले पटक पटक सहमति उलंघन गरेको र आफुलाई हेपेको भन्दै असन्तुष्टि व्यक्त गरे ।