८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

सङ्क्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी भन्नुहुन्छ, ‘सङ्क्रमितको उपचार गर्दै जाँदा आँट बढ्यो’

सङ्क्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी भन्नुहुन्छ, ‘सङ्क्रमितको उपचार गर्दै जाँदा आँट बढ्यो’
अ+ अ-

–शरद शर्मा
काठमाडौँ । नेपालमा पनि कोभिड–१९ को सङ्क्रमण देखिन थालेपछि उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पनि चुनौती रहेको थियो । अन्य रोगभन्दा छिटो सर्ने, सावधानी भएर उपचार गर्नुपर्नेजस्ता कारणले शुरुमा कसरी उपचार गर्ने भन्नेमा स्वास्थ्यकर्मीलाई लागेको थियो । भौतिक पूर्वाधारको कमी र प्रर्याप्त मात्रामा स्वास्थ्य सामग्रीको अभावले अस्पताल र स्वास्थ्यकर्मीलाई उपचारमा समस्या भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पर्याप्त मात्रामा स्वास्थ्य सामग्री उपलब्धता, स्वास्थ्य बीमा र सतप्रतिशत भत्ताको व्यवस्थापन गरेपछि स्वास्थ्यकर्मीले पनि सङ्क्रमितको उपचारमा सहज बनाएको थियो । उपचार संलग्न स्वास्थ्यकर्मीले विश्व स्वास्थ्य सङ्गठनको कोभिड–१९ सम्बन्धी मापदण्ड र तालीमले सङ्क्रमितलाई उपचारमा सघाएको बताउनुहुन्छ । बिरामीलाई उपचार गर्दै जाँदा सिकेको अनुभव उपचार गर्न दक्षता हासिल आफूहरुले गरेको उहाँहरुको भनाइ छ ।   

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक डा सागरराज भण्डारीले शुरुशुरुमा बिरामीको श्ययासम्म जान डराएकोमा पछि श्ययासम्म पुगेर बिरामीलाई मुसार्ने छुने गरेको बताउनुभयो । “शुरुमा के कसरी उपचार गर्ने भन्नेमा थियो । पछि विश्व स्वास्थ्य सङ्गठन मापदण्ड र तालीम लिएपछि सिक्दै ग¥यौँ र उपचार गर्न पनि अभ्यस्त भयौँ”, उहाँले भन्नुभयो, “त्यसपछि त हामीले अन्य बिरामीलाई जस्तै सङ्क्रमितका बिरामीलाई उपचार गर्न थाल्यौँ ।” उहाँले नेपालमा दोस्रो सङ्क्रमित देखिएपछि आफूहरु योजना बनाएर बिरामीको उपचार गरेको अनुभव सुनाउनुभयो । “पहिलो सङ्क्रमितलाई हामीले उपचार गर्दा खासै योजना बनाए थिएनौँ”, उहाँले भन्नुभयो, “जब दोस्रो सङ्क्रमित फेला परे अनि हामीले उपचारको लागि योजना बनाएको थियौँ ।”

सरकार नै सङ्क्रमितको दैनिक बढ्न थालेपछि उपचार गर्ने अस्पताल भनेर छुट्टाएको थियो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा शुरुमा सङ्क्रमितको उपचार गरिएकोे तर पछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीरअस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, भक्तपुर अस्पताललगायत अस्पतालले पनि सङ्क्रमितको उपचार गर्न थालियो । यस्तै सशस्त्र प्रहरी अस्पतालका डा प्रवीन नेपालले अस्तापलका स्वास्थ्यकर्मी शुरुशुरुमा कोभिड–१९ का सङ्क्रमितको उपचार गर्न डर मानेको बताउनुभयो ।  आफूले सरुवा रोगका अन्य बिरामीलाई पहिले उपचार गरे पनि कोभिड–१९ का बिरामीलाई भने उपचार गर्दा अलिअलि डर हुने गरेको बताउनुभयो । पछि स्रोत साधन उपलब्धता र तालीम लिएपछि सङ्क्रमितको उपचार गर्न कोही स्वास्थ्यकर्मी नहिचकिचाएको उहाँको भनाइ छ । 

“मैले कोभिड–१९ अगाडि क्षयरोग, एचआइभी, फ्लु, डेङ्गुजस्ता सरुवा रोगको पनि उपचार गरेको थिए”, उहाँले भन्नुभयो, “शुरुमा कोभिड–१९ को कसरी उपचार गर्ने भन्ने अलमल र डर हुन्थ्यो । पछि तालीम लिएपछि र बिरामीको उपचार गरेपछि सिक्दै गयौँ ।” उहाँले इटाली युरोपमा भएका साथीसँग समन्वय गरेर पनि अस्पतालमा आउने सङ्क्रमितको सफल उपचार गरेको अनुभव सुनाउनुभयो । “शुरुशुरुमा के होला रु सङ्क्रमितलाई कसरी श्ययासम्म पु¥याउने होला । के कसरी गर्ने भन्ने दुविधा थियो”, उहाँले भन्नुभयो, “तर पछि तालीम र विदेशका साथीसँगको समन्वयमा उपचार गर्न सिकियो । अहिले त सामान्य जस्तो लाग्छ ।”

उहाँले व्यक्तिगत सुरक्षा कवच (पिपिई) लगाएर कोभिड–१९ को सङ्क्रमण नसर्ने भएपछि स्वास्थ्यकर्मीले जति पनि सङ्क्रमितको उपचार गर्नसक्ने बताउनुभयो । पहिलेपहिले सङ्क्रमित पनि उपचार गर्न आउँदा आत्तिने, डराउने गरेका थिए तर अहिले त्यस्तो समस्या नभएको उहाँको भनाइ छ । अस्पतालका डा नेपालले पहिले दिनमा एक पटकमात्र भेट्ने बिरामीलाई अहिले दैनिक चार–पाँच पटक भेट्ने गरेको बताउनुभयो । अस्पतालले तीन सिफ्टमा स्वास्थ्यकर्मीलाई परिचालन गरेको थियो । कोभिड–१९ का सङ्क्रमितलाई हेर्ने, क्यारेन्टिनमा बसेका र अरु सामान्य बिरामीलाई हेर्ने गरी स्वास्थ्यकर्मीको कार्यविभाजन गरेको थियो । अहिले बलम्बुमा १०९ जना सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये ६० जनालाई अक्सिजन र छ जना भेन्टिलेटरमा छन् । 

कोभिड–१९ अस्पताल वीरअस्पतालको कोभिड–१९ को सघन उपचार कक्ष ९आइसियु०मा कार्यरत नर्स मुना पोखरेललाई पनि शुरुमा कोभिड–१९ का सङ्क्रमितको उपचार गर्न डर लाग्यो । न्यूरो वार्डमा काम गरिहनुभएका पोखरेललाई कोभिड–१९ वार्डमा सरुवा गरेपछि सङ्क्रमितको कसरी काम गर्ने होला भनेर डर लागेको थियो । “सङ्क्रमण फैलिरहेको थियो । त्यही बेला मलाई अस्पतालले कोभिड–१९ वार्डमा काम गर्न पठाइयो । अस्पतालले भने पनि जानै प¥यो”, उहाँले भन्नुभयो, “म पनि अब सङ्क्रमित हुन्छु । अब घर जान पाइन्न भनेर डर लागेको तर पछि बिरामीको सेवा गर्न पछि पर्न हुन्न भन्ने आफूमा आँट आयो । अनि  कोभिड–१९ को आइसियु सङ्क्रमितको उपचार गर्न थाले ।” शुरुशुरुमा अस्पतालमा पर्याप्त मात्रामा स्वास्थ्य सामग्री व्यक्तिगत सुरक्षा कवच ९पिपिई०, मास्क, पञ्जालगायत नभएको हुनाले सङ्क्रमितको उपचार गर्न समस्या परेको उहाँको अनुभव छ । 

उहाँले पछि पर्याप्त मात्रामा स्वास्थ्य सामग्री भएपछि सङ्क्रमितको उपचार गर्न केही समस्या नभएको बताउनुभयो । “शुरुमा अस्पतालको पनि व्यवस्थापन थिएन । कसरी बिरामीलाई हेर्ने हो केही जानकारी थिएन । त्यसैले काम गर्न समस्या थियो”, उहाँले भन्नुभयो, “पछि सामग्री पनि पर्याप्त हुन थाल्यो । सङ्क्रमितको उपचार गर्दै जाँदा आँट पनि आयो । बिरामीको राम्रोसँग उपचार गर्न सक्षम भए ।” उहाँले आफू कोभिड–१९ को आइसियु वार्डमा काम गर्ने जानकारी आफ्ना बुबाआमालाई समेत गराएर केही हुँदैनन् भनेर आफँैले सम्झाउनुभयो ।  बुबाआमाले पनि केही भन्नु भएन । तीन महिनादेखि कोभिड–१९ आइसियु वार्डमा काम गरिरहनुभएका पोखरेलसँगै धेरै काम गर्ने स्वास्थ्यकर्मी कोभिड–१९ को सङ्क्रमित भइसकेका छन् तर उहाँ निरन्तर सङ्क्रमितको उपचार गर्दा पनि सङ्क्रमित हुनु भएको छैन । 

दशैँ पनि अस्पतालमा सङ्क्रमितसँगै मनाउनुभएका उहाँ तीन महिनादेखि अस्पतालमा उपलब्ध गराएका होटेलमा बस्दै आउनुभएको छ । “सङ्क्रमितको उपचार गर्दा म पनि सङ्क्रमित हुन्छु जस्तो लागेको थियो तर होसियारपूर्वक काम गर्दा अहिलेसम्म म सङ्क्रमितत भएको छैन”, उहाँले भन्नुभयो, “अहिले म निर्धक्क भएर काम गर्न सक्ने भएको छु ।” नेपालमा अहिलेसम्म एक लाख ९७ हजार २४  सङ्क्रमित भइसकेका छन् । यस्तै एक लाख ५९ हजार ७२४ निको र एक हजार १२६ जना सङ्क्रमणबाट निधन भएको छ । यस्तै वीरअस्पतालको कोभिड–१९ का सङ्क्रमित रहेको वार्डमा सरसफाइ गर्ने महेश्वरी परियार पनि स्वास्थ्यकर्मी जस्तै सरसफाइ गर्न डराउनुभयो । उहाँसँगै सरसफाइमा काम गर्ने केही कर्मचारीले पनि आफूहरुलाई पनि सङ्क्रमण हुन्छ, मरिन्छ अब काम गर्न सकिँदैन भनेर जागिर छोडौँसमेत भनेको स्मरण गर्नुभयो तर पछि केही साथीले होइन यस्तो बेला काम गर्नुपर्दछ भनेपछि आफूहरुले काम गर्न थालेको उहाँले बताउनुभयो ।
 
“मसँगै अन्य साथीलाई कोभिड–१९ वार्डमा सारेपछि अब सङ्क्रमण हुन्छ भनेर हामीलाई डराएका थियौँ”, उहाँले भन्नुभयो, “केही साथीले जागीर छोडेर घर जाउसमेत भने तर केहीले यस्तो बेला काम गर्नुपर्दछ भनेर काम गरौँ । पिपिई, पञ्जासहित सावधानी भएर काम गर्दै जाँदा डराएनौँ । सङ्क्रमितको नजिक जाँदा सामान्यजस्तो लाग्छ ।” चार महिनादेखि कोभिड–१९ का सङ्क्रमितका सरसफाइमा रहनुभएका उहाँ सङ्क्रमित पनि हुनुभयो । सङ्क्रमण भएपछि निको भएर पुनः सङ्क्रमितकै सरसफाइमा खटिनु भएको छ । “सङ्क्रमित भएपछि निको भएपछि म नियमित सरसफाइमा छु”, उहाँले भन्नुभयो, “अहिले सङ्क्रमितको वार्डमा छु कि अरु वार्डमा छु केही जस्तो लाग्दैन । आफू सुरक्षित भएर काम गरेपछि केही हुँदैन ।” सङ्क्रमितको वार्डमा काम गर्न थालेपछि उहाँ विगत तीन महिनादेखि घर नगई होटेलमा बस्नुभएको छ ।