२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधवार बिहानदेखि कान्ति राजमार्ग पूर्ण रुपमा सञ्चालन हुने



अ+ अ-

काठमाडौँ । अवरुद्ध कान्ती राजमार्ग बुधवार बिहानसम्म पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ ।

मंगलवार ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा.उदयशमशेर जबरासहितको प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुको टोलीले सो ठाउँको अनुगमन गरेको हो ।

सो क्रममा कान्ती राजमार्गका इन्जिनियर सीताराम बुढाथोकीले सडक विभाग र नेपाली सेनाको सहयोगमा सडक खुलाउने काम भइरहेको र बुधवार बिहानसम्म पूर्ण रुपमा सडक सञ्चालन गरिसक्ने बताउनु भयो ।

उहाँले असोज ११ गतेदेखि आएको वर्षा बाढी र पहिरोका कारण कान्ती राजमार्गमा १५.७५ मिटरको सिम्प्ली सपोर्टेट ब्रिच क्षति हुँदा आवतजावतमा समस्या भएको बताउनु भयो ।

बाढीका कारण पुल, सडक र पुलको निर्माणको लागि राखिएको पाइल ड्राइभिङ मेसिन लगायत अन्य मेसिनहरु र ८० टनको रेन्सफोर्समेण्टहरु पनि बगाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो असोज ११ गतेदेखि आएको वर्षापछिको क्षति हो । यसमा १५.७५ मिटरको सिम्प्ली सपोर्टेट ब्रिच क्षति भयो । सम्भवतः यो कुलेखानीको पानी पनि जोडिएर र अविरल वर्षाका कारण क्षति भएको हो । यसबाट पुल मात्रै क्षति भएन, कन्ट्याक्टरको एउटा नयाँ पुल सँगै डिजाइन एण्ड बिलको ठेक्का थियो, नयाँ पुलको ।

जुन ८२ मिटर लामो, ११ मिटर चौडाइको । त्यो पुलको निर्माणको लागि राखिएको पाइल ड्राइभिङ मेसिन लगायत अन्य मेसिनहरु र ८० टनको रेन्सफोर्समेण्टहरु पनि कन्ट्याक्टरको सबै बगाएर क्षति भएको छ ।

हामी हाल अस्थायी डाइभर्सनको रुपमा खोल्ने प्रयासमा छौँ । सडक विभाग र नेपाली सेनाको सहयोगमा लागिरहेका छौँ । आज तीन बजेसम्मको टार्गेट छ । केही समय लाग्छ । टिप्परले मेटिरियल बोकेर ल्याउन समस्या आएको छ । भोलि बिहानसम्म यो बाटो खोलिसक्छौँ ।’

त्यस्तै ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा.उदयशमशेर जबराले आज आफूहरुले वागमती गाउँपालिका र कोन्जसुम गाउँपालिकाका केही बाटोहरु अवलोकन गरेको बताउनु भयो । उहाँले सो क्रममा कान्ती लोकपथको पनि अवलोकन गरिएको र ललितपुर र मकवानपुर जिल्ला जोड्ने कान्ती लोकपथमा विशेष गरेर बगुवाको पुलमा आधा भन्दा बढी क्षति गरेकाले आवतजावत असहज भएको बताउनु भयो ।

अहिले पुलमा साना सवारीहरु चलाउनसक्ने बनाइएको जानकारी दिनुभयो । टिकाभैरव, देवीचौर घुसेल क्षेत्रमा पनि यातायात सुचारु गर्न लागिएको बताउनु भयो । दलचोकीसम्म सडक पुगेको र अब शंखुसम्म पुयाउनुपर्ने काम बाँकी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वागमती गाउँपालिका र कोन्जसुम गाउँपालिकाका केही बाटोहरु अवलोकन गर्न पनि गयौँ । एउटा त कान्ती लोकपथ । कान्ती लोकपथमा विशेष गरेर बगुवाको पुल जुन ललितपुर र मकवानपुर जिल्ला जोड्ने जिल्लाको पुलको केही भाग बगाएको छ ।

हाम्रो सडक विभाग तथा कान्ती लोकपथ आयोजना अन्तर्गतका साथीहरु र त्यहाँका स्थानीय जनप्रतिनिधिहरुको पहलमा अहिले त्यो पुल टेम्पररी चल्ने गरेर एक किसिमले बाइपास गरेर भोलिदेखि सानो गाडी चल्ने परिस्थिति सिर्जना भएको छ । टिकाभैरव, देवीचौर घुसेल पनि हिजोसम्म बन्द थियो । हिजो पनि

त्यहाँ आएर समस्या समाधान गरेपछि आज खुलेको छ । बिर्खे डाँडा दल्चोकी, शंखु सडकमा बढी ड्यामेज देखिएको छ । दलचोकीसम्म सडक पुगेको छ । अब शंखुसम्म पुर्याउनुपर्नेछ । विशेष गरेर ललितपुरको एक नम्बर क्षेत्रमा गोदावरी, महांकल, कुञ्जेसुम र वागमती यो एउटा नगरपालिका र तीन गाउँपालिकामा अहिले क्षति बढी भएको छ । ३५ जना भन्दा बढीको ज्यान गएको छ । पूर्वाधार धेरै नै बिग्रिएको छ ।

पुनःनिर्माणको क्रममा ललतिपुर एक नम्बर क्षेत्रमा महांकाल र गोदावरीमा विशेष समस्या छ । अहिले सबै बाटो खुलाउने र पुलहरु निर्माण गर्ने तयारीमा छौँ । पूर्ण क्षति भएका घरहरु ६ सयदेखि ८ सय घरमा क्षति भएको छ । त्यसलाई व्यवस्थापन कसरी गर्ने भन्नेमा छौँ । सरकारले ५० हजार दिएर अस्थायी व्यवस्थापन गरेको छ । तर स्थायी व्यवस्थापनमा हामीले ध्यान दिनुपर्छ ।’

ललतिपुर निर्वाचन क्षेत्र नम्बर १ मा पूर्ण क्षति भएका घरहरु ६ सयदेखि ८ सय रहेको अनुमान गरेको बताउनु भयो । सरकारले ५० हजार दिएर अस्थायी व्यवस्थापन गरेको भएपनि स्थायी व्यवस्थापनका लागि ध्यान दिनुपर्ने बताउनु भयो ।




भर्खरै