८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

तिहारका लागि मेरिगोल्ड फूल फुलाउँदै भण्डारी दम्पती

तिहारका लागि मेरिगोल्ड फूल फुलाउँदै भण्डारी दम्पती
अ+ अ-

– हरि बाँस्तोला 
गण्डकी । पोखरा महानगरपालिका वडा नं १७ विरौटास्थित बाराही नर्सरी यतिखेर मेरिगोल्ड फूलले ढकमक्क ढाकिएको छ । नेपालीको दास्रो महत्वपूर्ण फूलैफूलको पर्व तिहार नजिकिँदै गर्दा नर्सरीका सञ्चालक वसन्त भण्डारी र उहाँकी श्रीमती सञ्चितालाई मेरिगोल्डले छुट्टै खुशी ल्याएको छ । भाडामा लिएको जग्गामा पुष्प व्यवसाय गरेका उहाँहरूका लागि यो व्यवसाय नौलो भने होइन । आजभन्दा एक दशकअघि विसं २०६६ देखि पुष्प व्यवसायमा लागेका भण्डारी दम्पतीले विगतका वर्षमा रामै्र आम्दानी गरेपछि यसलाई निरन्तरता दिँदै आउनुभएको छ । सञ्चालक सञ्चिताले यस वर्ष करिब एक रोपनी जग्गामा एक हजार २०० अमेरिकन मेरिगोल्ड जातको फूलका बिरुवा रोपेको र उत्पादन राम्रो भएको जानकारी दिनुभयो । “एउटा फूलको बोटमा सरदर ३० वटा फूलका थुङ्गा टिप्न तयार भएका छन्”, उहाँले भन्नुभयो, “प्रतिथुङ्गा रु पाँचमा बिक्री गर्ने सोचमा छौँ ।” तिहारमा फूलबाट रु एक लाख ५० हजार आम्दानी गर्ने उहाँहरूको लक्ष्य छ ।

यतिखेर फूलसहितको बोटलाई रु २५० मा बिक्री गर्दै आएको बताउँदै उहाँले फूलका पारखी नर्सरीमै आउने गरेका जानकारी दिनुभयो । फूल मात्र नभई बिरुवा बिक्री गरेर पनि राम्रै आम्दानी भएको उहाँले राससलाई जानकारी दिनुभयो । गत वर्ष लगभग पाँच रोपनी क्षेत्रफलमा पुष्प व्यवसाय गरेको बताउँदै भण्डारीले विश्वव्यापी पैmलिएको कोरोना भाइरसको कारण यस वर्ष थोरै क्षेत्रफलमा खेती गरेको सुनाउनुभयो । बुरुमा बोडीखेती गर्न तयार पारेको बारीमा केही ठाउँ खाली भएपछि नजिकैको नर्सरीबाट भण्डारी दम्पतीले १५० फूलका बिरुवा किनेर फूलखेती फस्टाएपछि यसलाई व्यवसायका रूपमा अपनाउँदै आउनुभएको हो । फुर्सदको समयलाई सदुपयोग गर्दै जग्गा तयारीदेखि बिरुवा लगाउने, गोडमेल गर्ने आवश्यकताअनुसार औषधि प्रयोग गर्नुु आफूहरूको नित्यकर्म बनेको सञ्चालक वसन्तले बताउनुभयो ।

विगतमा प्लाप्टिक टनेलभित्र र खुला दुवै तरिकाबाट भए पनि यस वर्ष भने खुलारूपमा व्यावसायिक फूलखेती गरेको बताउँदै उहाँले तिहारमा बाहिरबाट आउने फूलसँग प्रतिष्पर्धा गर्नुपर्दा उचित मूल्य नपाउने गरेको गुनासो गर्नुभयो । बारीमा उत्पादन भएको फूलको प्रतिथुङगा रु पाँच र एउटा मालाको रु ५० देखि रु १०० सम्म बिक्री हुन्छ । महङ्गो बीउ, जनशक्ति अभाव र आवश्यकता अनुसारको प्राविधिक सहयोग प्राप्त हुन नसक्दा उत्पादनको लागत बढी हुने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार अमेरिकन मेरिगोल्ड एक पटक मात्र फूल्ने भएकोले तिहारका लागि लक्षित गरिएको हो ।

यस वर्ष नर्सरीमा उत्पादित एभोकाडो एक हजार ८००, सुन्तला तीन हजार, कागती एक हजार पाँचसय, ड्रागनफुर्ट एक हजार दुई सय, अम्बा ५००, मेरिगोल्ड फुलका ४००, मेवाका १०० बिरुवा बिक्री गरि तीन लाख पचास हजार भन्दा बढी आम्दानी गरेको भण्डारी दम्पत्ति बताउनुहुन्छ । पुष्प व्यवसायी सङ्घ कास्कीका अध्यक्ष सीतामाया रानाका अनुसार जिल्ला फूलमा आत्मनिर्भर भएको जानकारी दिनुभयो । संस्थामा बिभिन्न ३२ वटा फुल उत्पादक नर्सरी आवद्ध रहेको बताउँदै उहाँले पोखरा र आसपासमा उत्पादित फूलले बजारको मागलाई पूरागर्ने विश्वास व्यक्त गर्नुभयो । यस वर्ष तिहारको पाँच दिनमा पोखरामा लगभग रु सात करोड भन्दाबढीको कारोबार हुने अनुमान गरिएको छ । कोरोनाका कारण पनि व्यवसायीले फूल उत्पादनमा कुनै कमी हुन नदिएको बताउँदै अध्यक्ष रानाले बाहिरबाट आउने फूल पूर्णरुपमा विस्थापित गर्नेतर्पm सङ्घ निरन्तर अभियानमा जुट्दै आएका कारण यस वर्ष अन्य जिल्ला तथा विदेशबाट फूल नआउने जनाउनुभयो ।