२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

सनथ जयसूर्या श्रीलंकाको मुख्य प्रशिक्षकमा नियुक्त

सनथ जयसूर्या श्रीलंकाको मुख्य प्रशिक्षकमा नियुक्त
अ अ+ अ-

एजेन्सी । अनुभवी ब्याटिङ अलराउन्डर सनथ जयसूर्या श्रीलंकाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । सोमबार श्रीलंका क्रिकेटको कार्यकारी समितिले जयसूर्यालाई मुख्य प्रशिक्षक बनाउने निर्णय गरेको हो ।

एसएलसीले एक्स पोस्टमार्फत यो जानकारी दिएको छ ।

५५ वर्षीय जयसूर्यालाई भारत, इङ्ल्यान्ड र न्युजिल्यान्डविरुद्धको टोलीको प्रदर्शनका लागि इनाम मिलेको हो । टोलीले सेप्टेम्बरमा न्युजिल्यान्डविरुद्धको टेस्ट सिरिजमा घरेलु मैदानमा क्लिन स्वीप गरेको थियो ।

टोलीले तेस्रो टेस्टमा इंग्ल्याण्डलाई ८ विकेटले पराजित गरे पनि ३ खेलको शृङ्खला २-१ ले गुमाएको थियो । यसअघि भारतविरुद्धको एकदिवसीय सिरिजमा टोलीले २–० ले जित हासिल गरेको थियो ।

जयसूर्या सेप्टेम्बर महिनामा श्रीलंकाली टोलीको अन्तरिम मुख्य प्रशिक्षक बनेका थिए । जयसूर्याको कार्यकाल मार्च ३१, २०२६ सम्म रहनेछ ।

सिल्भरउडको राजीनामापछि जयसूर्यालाई अन्तरिम प्रशिक्षक बनाइएको थियो । सन् २०२४ को टी–२० विश्वकपमा खराब प्रदर्शनपछि सिल्भरउडले राजीनामा दिएका थिए ।

वानिन्दु हसरंगाको कप्तानीमा रहेको श्रीलंकाली टोली २०२४ को टी–२० विश्वकपको पहिलो चरणबाटै बाहिरिएको थियो । टोली बंगलादेश र दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।