६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानिसले कति घण्टा सुत्नुपर्छ ?



अ+ अ-

एजेन्सी । काम र व्यस्त जीवनशैलीको कारण, हामी प्रायजसो हाम्रो निद्रामा सम्झौता गर्छौं । तर, निद्राको कमी रोगको कारण बन्न सक्छ ।

एक नयाँ रिपोर्टले एक व्यक्तिले दिनमा कति घण्टा सुत्ने भन्ने खुलासा गरेको छ ।

यो रिपोर्टले सामाजिक सञ्जालमा पनि मानिसहरूको ध्यानाकर्षण गरेको छ । प्रतिवेदनका अनुसार १८ देखि ६० वर्ष उमेर समूहका वयस्कहरूले हरेक दिन कम्तीमा ७ घण्टा सुत्नुपर्छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार हरेक उमेर समूहका लागि दैनिक सुत्ने समय फरक हुन्छ ।

नवजात शिशु (०–३ महिना) – १४–१७ घण्टा
शिशु (४–१२ महिना) – १२–१६ घण्टा
बालक (१–२ वर्ष) – ११–१४ घण्टा
स्कुल जानुअघि (३–५ वर्ष) – १०–१३ घण्टा
स्कुल जाने (६–१२) – ९–१२ घण्टा
किशोर (१३–१७ वर्ष) – ८–१० घण्टा
वयस्क (१८–६० वर्ष) – ७ घण्टा वा त्यो भन्दा बढी
वृद्ध (६१ वर्षदेखि माथि) – ७–९ घण्टा