२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकास र विपत्तिमा राजनीति नगर्न गृहमन्त्री लेखकको आग्रह



अ+ अ-

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बाढी पहिरोबाट क्षतिग्रस्त काभ्रेको पनौती नगरपालिकाऔ१२ भूमेडाँडा र बेथानचोश गाउँपालिका ४ चलालको निरीक्षण गर्नु भएको छ ।

सोमबार विहान बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि दिउँसो जिल्ला प्रशासन कार्यालय काभ्रेको बैठकमा गृहमन्त्री लेखकले विकास र विपत्तिमा राजनीति गर्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो ‘भारी वर्षाबाट सिर्जित बाढी-पहिरोबाट जन-धनको ठूलो क्षति भएको छ । संघीयता र स्थानीय तहको आवश्यकता विपत्तका बेला महसुस भएको छ । संघीय, प्रदेश र स्थानीय तहको सरकार मिलेर काम गर्दा विपत्तिको सामना गर्न सजिलो हुन्छ । तीन वटै सरकारको विपत्तिमा काम गर्नुपर्ने जिम्मेवारी छ । तीन तहकै सरकारबिच समन्वय गरेर अगाडि बढ्नुपर्छ ।’

गृहमन्त्री लेखकले विकास र विपत्तिमा राजनीति हुँदैन भन्दै सबैले मिलेर काम पर्ने बताउनु भयो । उहाँले भन्नुभयो ‘पीडामा रहेका मानिस राहत दिन सबै लाग्नुपर्छ । खोजी र उद्धारको काम जारी रहेको भन्दै अब राहतको व्यवस्था गराउने अवस्थामा छौँ ।’

गृहमन्त्री लेखकले मानबिय क्षती भएका परिवारलाई दुई लाख क्षतिपूर्ति दिने काम भएको भन्दै घरबार विहीनहरुलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको २५ हजार दिने काम भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘स्थानीय तहले लाभग्राही पहिचान गरेको तीन दिनमा पहिलो किस्ता उपलब्ध गराइन्छ । घाइतेको निशुल्क उपचार हुन्छ । काभ्रेका बाढी(पहिरो प्रभावितलाई थप पालिका वा वडालाई संकटग्रस्त घोषणाका लागि सिडिओले सिफारिस गर्नुहुन्छ । सडक सञ्जाल टुटेका पालिकामा हेलिकप्टरबाट राहत उपलब्ध गराइनेछ ।’

बाढी-पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन् । उहाँले भन्नुभयो ‘नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले राम्रो काम गरेको छ तर सरकारले काम नगरेको भन्ने हुँदैन ।सरकार भनेकै यही हो ।’