८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

भुटानी शरणार्थीको समस्या छिट्टै समाधान हुन्छः गृह मन्त्रालय

भुटानी शरणार्थीको समस्या छिट्टै समाधान हुन्छः गृह मन्त्रालय
अ+ अ-

काठमाडौं । सरकारले भुटानी शरणार्थीको समस्या छिट्टै समाधान हुने बताएको छ । लामो समयदेखि भुटानी शरणार्थीको समस्या रहेकोले अब यसको लागि आवश्यक सबै गृहकार्य पूरा भएको मन्त्रालयले जनाएको छ । भुटानीहरुको समस्या समाधानको लागि २०७६ जेठ ३० गते मन्त्रिस्तरको निर्णयबाट सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । समितिको प्रतिवेदनको आधारमा सबै समस्याको समाधान गर्ने सरकारको तयारी छ । 

झापा र मोरङ जिल्लामा रहेका भुटानी शरणार्थीको बर्तमान अवस्था, जसमा शिक्षा, स्वास्थ्य, रोजगारी र भौतिक पूर्वाधारको सम्वन्धमा विस्तृत अध्ययन गरि समितिले मन्त्रालयलाइ सुझाव दिएको थियो ।

सरकारले २०७६ मंसिर १७ मा भुटानी शरणार्थीको  समस्या र समाधानका उपाय सम्वन्धमा  ४ बुदेँ प्रस्ताव तत्कालीन गृह सचिव प्रेम राइले गरेका थिए । जसमा १ लाख १३ हजार ३ सय शरणार्थीलाइ विभिन्न ८ मुलुकमा पूर्नस्थापना गरिएको तथा ६५ सय भुटानी शरणार्थीलाइ मानवीय रुपमा आश्रय नेपालले दिइरहेको उल्लेख थियो । नेपालमा रहेका शरणार्थीलाइ सरकारले आर्थिक सहायता उपलब्ध प्रदान गर्दा बार्षिक ७ करोड ब्ययभार पर्दै आएको छ ।