२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैभन्दा बढी कुन देशका मानिसले पिउँछन् बियर ?



प्रतीकात्मक तस्बिर
अ+ अ-

एजेन्सी । ‘बियर दिवस’ हरेक वर्ष अगस्टको पहिलो शुक्रबार मनाइन्छ । यस दिनको मुख्य उद्देश्य मानिसहरूलाई बियरको बारेमा सकेसम्म धेरै जानकारी दिनु हो । साथीभाइसँगको पार्टीमा कोल्ड ड्रिंक्स वा चिया, कफी पिउन मन पराउँछन् भने धेरैलाई बियर मनपर्छ ।

बियर पिउनेहरूले यो विशेष दिन ठूलो धूमधामका साथ मनाउँछन् । धेरै शहरहरूमा, यो विशेष दिनमा कार्यक्रमहरू आयोजना गरिन्छ । बियर संसारभरका धेरै मानिसको रोजाइ बनेको छ, तर के तपाईलाई थाहा छ संसारमा हरेक वर्ष मानिसहरु कति बियर पिउने गर्छन् ?

सन् २०२२ मा, किरिन होल्डिङ्स कम्पनी लिमिटेड (किरिन होल्डिङ्स) ले प्रतिवेदन प्रकाशित गर्‍यो, जसमा हरेक वर्ष बियरको खपतबारे जानकारी दिइएको थियो । यस प्रतिवेदनमा १७० ठूला देशहरूमा बियर खपतको बारेमा सबै जानकारी दिइएको थियो ।

यस रिपोर्टका अनुसार विश्वभरका मानिसले १९२.१ मिलियन किलोलिटर बियर पिउने गरेका छन् । यी तथ्याङ्कहरू सन् २०२२ को लागि थिए, जसमा अघिल्लो वर्षको तुलनामा बियरको उच्च खपत रेकर्ड गरिएको थियो । यो अनुमान अनुसार हरेक वर्ष बियर खपतमा लगभग १ प्रतिशत बृद्धि भएको छ ।

वल्र्ड अफ स्ट्याटिस्टिक्सको प्रतिवेदनअनुसार विश्वमा सबैभन्दा बढी बियरको खपत चेक गणतन्त्रमा हुने गरेको छ । यहाँ एक व्यक्तिले एक वर्षमा १४० लिटर बियर पिउने गरेको छ ।

यसपछि यो सूचीमा अस्ट्रिया दोस्रो स्थानमा छ । यहाँ एक व्यक्तिले एक वर्षमा १०७.८ लिटर बियर पिउने गरेको छ । तेस्रो स्थानमा रहेको रोमानियामा एक व्यक्तिले १००.३ लिटर, जर्मनीमा ९९.८ लिटर र पोल्याण्डमा ९७.७ लिटर खपत हुन्छ ।

जहाँ आयरल्याण्डमा हरेक व्यक्तिले एक वर्षमा ९२.९ लिटर बियर पिउने गरेको छ । त्यस्तै, स्पेनमा प्रतिव्यक्ति बियरको वार्षिक खपत ८८.८ लिटर, क्रोएसियामा ८५.५ लिटर र लाटभियामा ८१.४ लिटर छ ।