८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

पुष्प व्यवसायबाट मनग्य आम्दानी

पुष्प व्यवसायबाट मनग्य आम्दानी
अ+ अ-

टीकापुर । कैलालीको टीकापुर–१ बनगाउँका सीताराम चौधरीले फूलखेतीबाट मनग्य आम्दानी गर्दैआएका छन् । तीन वर्षअघि जिल्लामै पहिलो पटक व्यवसायिक रुपमा फूलखेती गरेका चौधरीले फूलको बिक्रीबाट वार्षिक रु छ लाख आम्दानी गर्दै आएका छन् । सयपत्री फुलको खेती गरेका उनले दुई सिजनमा फुल बिक्री गर्छन् । ‘‘दुई लटमा बिक्री गर्छु, साउन, भदौमा रोपेको फूल तिहारको समयमा बिक्री हुन्छ भने फागुनमा रोपेको फूल चैतबाट बिक्री गर्न थालिन्छ’’, उनले भने, ‘‘यो सयम तिहारलाई मात्र लक्षित हुन्छ । यो समयभन्दा चैतमा उत्पादन भएको फुलबाट बढी आम्दानी हुन्छ । त्यतिखेर फूलको बढी मूल्य पाइन्छ ।’’ सीतारामको फुललबारीमा पाँच जना घरका सदस्य र अन्य १२ जना कामदारले रोजगार पाएका छन् । ‘‘फुलबारीमा सबै महिला कामदार छन् । फुल रोप्ने, गोडमेल गर्ने, मल हाल्ने र यतिखेर फुल टिप्ने, माला उन्ने र प्याकिङ गर्ने सबै काम उनीहरुले नै गर्छन्’’, उनले भने, ‘‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीले बजार पाउँदैन की भन्ने चिन्ता थियो, तर अहिले माग धान्नै मुश्किल भएको छ ।’’

भाइटीका अर्थात तिहार नजिकिएपछि चौधरीको फूलबारीमा फूलका माला बनाउने काम भइरहेको छ । बारीबाटै प्रतिकिलो पूmल रु. चार सय र बुनेको प्रतिमाला रु एक सयका दरले बिक्री भइरहेको उनको भनाइ छ । “तिहार नजिकिएकाले फूल प्याकिङ गरेर पठाउने काम भइरहेको छ”, उनले भने, ‘‘प्याकिङ गरेर पठाएको फूल १० दिनसम्म राख्न सकिन्छ । ’’ तिहारलाई लक्षित गरेर विभिन्न जिल्लामा फूल र माला पठाउन थालिसकेको उनले बताए । 

यो वर्ष आठ कठ्ठा जग्गामा फूलखेती गरेका चौधरीले फूलखेतीका लागि आवश्यक पर्ने बीउ भारतबाट मगाउने गरेको बताए । अर्डर गरेमा भारतबाट टीकापुरमै बीउ आइपुग्छ, उनको भनाइ छ । यहाँ उत्पादन भएको फुल जिल्ला मात्र नभइ, बर्दिया, बाँके र दाङसम्म जान्छ । यसपटक बझाङ जिल्लाबाट पनि माग आएको उनको भनाइ छ । सीतारामले पुष्पखेती शुरु गरेपछि हरेक कार्यक्रम वा सभासमारोहमा प्लाष्टिकका माला प्रयोग घटेको छ । ‘‘अतिथिलाई स्वागत पनि फूलका मालाले गर्न थालिएको छ’’, स्थानीयवासी छपिलाल चौधरीले भने, ‘‘टीकापुर, जानकी, जोशीपुरलगायत स्थानीय सरकारले पनि खादाको सट्टा माला प्रयोग गर्न थालेका छन् ।’’टीकापुर नगरपालिकाका कृषि शाखा प्रमुख तुल्सीराम सुवेदी यस्तो खालको व्यवसायलाई स्थानीय सरकारले सघाउन नसकेको बताउँदै नयाँ खालको व्यवसाय गर्नेलाई सघाउने नीति भने लिएको बताए ।