१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश



अ+ अ-

काठमाडौँ: नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्ने प्रतिबद्धता जनाउनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानन्यायाधीश राउतले पद तथा गोपनीयताको शपथ लिएपछि सर्वोच्च अदालतमा पदबहाली गर्दै उहाँले मुद्दाको चाप कम गरी न्यायालयको साख बढाउनेतर्फ लाग्ने बताउनुभयो ।

“नेपालको न्यायालय लयमा फर्केको छ, त्यो गौरवको विषय हो”, उहाँले भन्नुभयो, “अदालत पारदर्शी छ, म न्यायको पवित्रतालाई उचाइमा पु¥याउन प्रयत्न गर्नेछु, न्यायिक सुधार अनिवार्य सर्त हो, त्यसको विकल्प छैन, आन्तरिक रुपमा पनि कटिबद्ध र प्रतिबद्ध छौँ, न्यायपालिकाको साख र विश्वसनीयता अझै बढाउन लाग्नेछु ।”

नेपालको न्यायालयको ३२औँ प्रधानन्यायाधीशका रुपमा राउतले करिब १८ महिना न्यायालयको नेतृत्व गर्नुहुनेछ । प्रधानन्यायाधीश राउत २०८२ चैत १८ गते उमेर हदका कारण सेवाबाट अवकाश पाउनुहुनेछ । उहाँ २०७३ साउन १७ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश हुनुभएको थियो ।

विसं २०१७ चैत १८ गते उदयपुरमा जन्मिनुभएका प्रधानन्यायाधीश राउतले नेपाल ल क्याम्पसबाट स्नातक गर्नुभएको छ । उहाँले २०३९ सालदेखि २०७२ सालसम्म ३३ वर्ष कानुन व्यवसायीका रुपमा काम गर्नुभएको थियो । कानुन व्यवसायीका रुपमा काम गर्दा उहाँ नेपाल बार एसोसिएसनको अध्यक्षसमेत हुनुभएको थियो ।रासस