८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

अध्ययनका लागि विद्यार्थीहरुलाई एकै स्थानबाट एकिकृत सुचना उपलब्ध हुने

अध्ययनका लागि विद्यार्थीहरुलाई एकै स्थानबाट एकिकृत सुचना उपलब्ध हुने
अ+ अ-

अष्ट्रेलिया ।विद्यार्थीहरुले अध्यायनका लागि आफुलाई उपयुक्त कलेज खोज्न, ति कलेजहरु विच तुलना गर्न, कलेजसंग सम्पर्क गर्न र आफुले छनौट गरेको कलेजमा भर्ना आवेदन दिन सहज होस भन्ने उदेश्यले नया वेभ पोर्टल सुरु भएको छ। पोर्टलको वरिष्ठ शिक्षाविद् प्रा.डा. केदारभक्त माथेमाले शुभारम्भ गर्नुभयो । www.studyinfocentre.com नामक शैक्षिक सुचना मुलक वेव पोर्टलको भर्चुअल कार्यक्रका बिच शुभारम्भ गरिएको थियो । विश्वका विभिन्न देशवाट सहभागि शिक्षाविद्, विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरु, विद्यार्थीहरु तथा संचारकर्मिहरु सहभागि कार्यक्रममा उक्त वेव पोर्टलको शुभारम्भ गरिएको थियो । www.studyinfocentre.com नेपाली नागरिक तथा गैरआवासिय नेपाली नागरिकहरुको सयुक्त लगानीमा स्थापित स्टडी इन्फो सेन्टर प्रा.लि द्धारा संचालित वेव पोर्टल हो । आफुलाई उपयुक्त कलेज खोज्न, ति कलेजहरु विच तुलना गर्न, कलेजसंग सम्पर्क गर्न र आफुले छनौट गरेको कलेजमा भर्ना आवेदन दिन यो पोर्टल उपयोगी हुने विश्वास लिइएको छ ।

साथै, यसमा विद्यार्थी तथा अभिभावकलाई लक्षित गरेर विद्यार्थीले यस पोर्टलमा संलग्न विज्ञहरुसंग प्रत्यक्ष सम्वाद गर्न सक्ने सुविधा पनि यसमा उपलब्ध रहेको छ । यस्तो प्रकृतिको यो नेपाल कै पहिलो वेव पोर्टल भएको जानकारी स्टडी इन्फो सेन्टर प्रा.लिले दिएको छ । आफ्नो देशमा तथा विदेशमा समेत आफुले अध्ययन गर्न चाहेको विषय, शैक्षिक संस्था, लाग्ने खर्च, त्यस स्थानमा रोजगारीका अवसरहरु, अध्ययन गर्न चाहेको देशमा शिक्षा तथा भिषा नितिहरुको सुचना समेत यस पोर्टलमा समावेव गरिएको छ । विद्यार्थीलाई सुचनामा सुलभ पहुच पुर्याउने उद्येश्यका साथ स्थापित यो संस्थाले यस्तै प्रकारका विभिन्न सुचना प्रदायक अन्य पोर्टलहरु प्नि संचालनमा ल्याउन लागिएको हुदा सवै पक्षको सुझाव र हौसलाको अपेक्षा गरिएको जानकारी कार्यक्रममा आयोजकहरुले दिएका थिए । कार्यक्रममा उपस्थित शिक्षाविद्हरु, विभिन्न शैक्षिक संस्थाहरुका प्रतिनिधिहरु, संचारकर्मिहरु, गैरआवासिय नेपाली संघका प्रतिनिधि लगायतले शुभकामना प्रदान गर्नु भएको थियो ।

हिसानका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, रमेश सिलवालले विद्यार्थीलाई आफ्नो लागि उपयुक्त विषय स्वतन्त्र रुपमा छनौट गर्न यस पोर्टलले सहयोग पुर्याउने अपेक्षा गर्दै शुभकामना प्रदान गर्नु भएको छ । त्यस्तै, एनआरएन अन्तराष्ट्रिय कमिटीका उपाध्यक्ष, मन केसीले नेपालीहरुको विश्वका विभिन्न स्थानमा प्रभाव विस्तार गर्न यसले सकारात्मक प्रभाव पार्न सक्ने अपेक्षा गर्नु भएको छ र सफलताको कामना गर्नु भएको छ । पोखरा विश्वविद्यालयका उपकुलपति, प्रा. डा. प्रेम नारायण अर्यालले नेपाली शिक्षा क्षेत्रलाई विश्वका विभिन्न देशका विश्वविद्यालयसंग सन्जाल विस्तार गर्न र शिक्षा सम्वन्धि विविध सुचना एक आपसमा आदान प्रदान गर्न यो पोर्टल उपयोगि हुने अपेक्षा गर्देै शुभकामना दिनु भएको छ । त्रिभुवन विश्व विद्यालयका पुर्व उपकुलपति, प्रा. डा. कमलकृष्ण जोशिले देशको विकासका लागि गुणस्तरीय शिक्षा अनिवार्य छ र गुणस्तरिय शिक्षाको लागि विद्यार्थी देश विदेशका जुनसुकै विश्वविद्यालयमा जानु स्वभाविक रहेको जानकारी गराउनु भएको छ । उहाँले, विद्यार्थीलाई आफुलाई आवश्यक गुणस्तरिय शिक्षाको छनौट गर्न यस पोर्टलले सहयोग पुर्याउने अपेक्षा गर्दै पोर्टलको सफलताको शुभकामना व्यक्त गर्नु भएको छ ।

त्रिभुवन विश्व विद्यालयका पुर्व उपकुलपति, प्रा. डा. तिर्थ खनियाले उपयुक्त विकल्पको सुचनाको अभावले समस्यामा परेका विद्यार्थी माझ यस पोर्टलले पर्याप्त सुचना र विकल्पहरुमा सहज पहुच स्थापित गर्न र विद्यार्थीलाई उपयुक्त परामर्श प्रदान गर्न र उच्च शिक्षाको क्षेत्रमा नया बहसहरुको सृजना गर्न यसले सहयोग पुर्याउने अपेक्षा गर्न सकिने अपेक्षा गर्दै शुभकामना प्रदान गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि, त्रिभुवन विश्व विद्यालयका पुर्व उपकुलपति केदारभक्त माथेमाले विद्यार्थीहरु एक देशबाट अर्को देशमा अध्ययन गर्न जाने परम्परा आजको युगमा मात्र नभएर परम्परागत रुपमा नै चलिआएको अभ्यास रहेको जानकारी गराउनु भयो । उहाँले एक देशवाट अर्को देशमा गएर पढ्दा विचारमा विविधिकरण हुन, नविनतामा बृद्धि हुने र विचार फराकिलो हुने आफ्नो विचार रहेको धारणा राख्नु भयो । यस्ता पोर्टलले विद्यार्थीलाइृ पर्याप्त सुचना प्रदान गर्न, विद्यार्थीलाई पर्याप्त विकल्पहरु प्रदान गर्न र उनीहरुलाई स्वतन्त्र पुर्वक निर्णय गर्न सहयोग पुर्याउने अपेक्षा गर्दै शुभकामना प्रदान गर्नु भएको छ । 

कार्यक्रममा उपस्थितलाई धन्यवाद दिदै संस्थाका निर्देशक टी एन अर्यालले पोर्टलका उद्येश्य तथा विशेषताहरुको बारेमा जानकारी गराउनु भएको थियो । आम विद्यार्थी, अभिभावक, शिक्षा सम्वन्धि अनुसन्धानकर्ता, शैक्षिक परामर्शदाता तथा शैक्षिक संस्थाहरुलाई एउटै थलोमा ल्याएर सुचना आदान प्रदान गर्न सहजिकरण गर्न यसले विशेष भुमिका खेल्ने जानकारी अर्यालले दिनु भयो । स्वदेश तथा विदेशका विभिन्न शैक्षिक पाठ्यक्रम, आवश्यक शुल्क, उपलब्ध छात्रवृत्तिहरु, त्यहाको मौसम, अध्यययन पश्चात उपलब्ध अवसरहरु, स्थानिय संस्कृति लगायतका विषयमा विद्यार्थीमा रहने अन्यौलताका कारण विद्यार्थीहरुले दुख पाउने र आर्थिक शोषणको शिकार हुनु परेको बताउदै अर्यालले भने, “विद्यार्थिलाई उच्च शिक्षा सम्वन्धि देश र विदेशमा आवश्यक सम्पुर्ण सुचनाहरु एउटै पोर्टलवाट दिने उद्येश्य यस पोर्टलको रहेको छ ।”