८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

खुमलटारमा प्रचण्डसहितका पाँच भाइको बैठक, यस्तो छ भोलिको रणनीति

खुमलटारमा प्रचण्डसहितका पाँच भाइको बैठक, यस्तो छ भोलिको रणनीति
अ+ अ-

काठमाडौं । नेकपाको भोलि बोलाइएको सचिवालय बैठकका पूर्व सन्ध्यामा आज साँझ अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको निवास खुमलटारमा पाँच भाइको राणनीतिक बैठक बसेको छ । प्रचण्ड निवासमा बसेको सो बैठक खासगरी भोलिको सचिवालय बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा नै केन्द्रित भएको बुझिएको छ । 

सचिवालयका बहुमत सदस्य प्रचण्डकै पक्षमा रहेका छन् । उनीहरुले भोलि (शुक्रबार) को सचिवालय बैठकमा के कसरी कुरा राख्ने भन्ने बारेमा छलफल गरेका बुझिएको छ । प्रचण्ड निवास स्रोतले भोलिको बैठकमा एक मतका साथ प्रस्तुत हुने रणनीति बनाएको बताएको छ ।

विहीबार साँझको सो बैठकमा बहुमत सचिवालयहरु प्रचण्डसहित, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठगरी पाँच जना रहेका थिए । उनीहरुबीचको छलफलले सचिवालय बैठकमा एक मतका साथ प्रस्तुत हुने रणनीति बनाएको छलफलमा सहभागी एक नेताले बताए ।

यसअघि निकै लामो रस्साकस्सीपछि प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक बोलाउन सहमत भएका थिए र सोही बमोजिम शुक्रबार अपरान्ह ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको  छ । मंगलबार मात्र पनि अध्यक्ष प्रचण्डसहित बहुमत सचिवालय सदस्यको छलफलले बिहीबार बैठक बस्ने निर्णय गरेको थियो ।

पछिल्लो समयमा अध्यक्षदय केपी ओली र प्रचण्डबीचको असमझदारी थप बढेको छ । जसका कारण अध्यक्ष ओली त बैठक नै नबोलाउने अडानमा रहेका थिए । तर उनले नबोलाए पनि अर्का अध्यक्ष प्रचण्डले बैठक बोलाएर एकतर्फी निर्णय गर्ने जनाएपछि ओली नै भोलिका लागि बैठक बोलाउन सहमत भएका हुन् ।