१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मल कारखाना खोल्ने बारे सरकारको गृहकार्य, अर्थमन्त्री पौडेलको संयोजकत्वमा अध्ययन समिति



अ+ अ-

काठमाडौ  । प्रत्येक वर्ष बाली लगाउने समयमा मलको अभाव  देखिएपछि सरकारले रासायनिक मल कारखाना स्थापनाको तयारी सुरु गरेको छ। । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले  रासायनिक मल कारखाना स्थापनाका लागि अर्थमन्त्रीको नेतृत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र कृषि तथा पशुपंछी विकास मन्त्रीसहितको ती सदस्य रहेको अध्ययन समिति गठन गरेको छ ।

पैचो स्वरुप बंगलादेशबाट मल नआएपछि  जिटुजी माध्यमबाट मल खरिद गर्ने निर्णय पनि सरकारले गरेको छ ।

मन्त्री परिषद्को निर्णय बारे जानकारी गराउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मल कारखान स्थापनाका लागि सरकारले गरेको पहल बारे जानकारी गराउनु भएको हो ।

काेभिड काेषमा पारिश्रमिक

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पूर्ण पारिश्रमिक कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने भएको छ ।  यस्तै उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरुको तलबको ५० प्रतिशत रकम पनि कोषमा जम्मा गर्ने निर्णय सरकारले गरेको छ । २०७७ कात्तिक देखि चैतसम्मको तलब कोषमा जम्मा हुने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताउनुभयो ।

अन्तर्राष्ट्रिय सीमा नाका बन्द

यसैगरी अन्तर्राष्ट्रिय सीमा नाका मंसिर ३० गतेसम्म बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ । यसअघि कात्तिक ३० सम्म सीमानाका बन्द गर्ने निर्णय गरेको सरकारले संक्रमणको दर बढ्दै गएकाले मंसिर ३० सम्म कायम गरिएको उहाँले बताउनुभयो । तर नेपाल आउनैपर्नेहरुको हकमा सरकारले तोकेका स्थानबाट प्रवेश गर्न पाइने छ ।

उद्धार उडान बन्द

यसैगरी विदेशमा अलपत्र नागरिकको हकमा अब उद्धार उडान नहुने भएको छ । कोभिडका कारण विदेशमा अलपत्र १ लाख ३६ हजार २१६ जनालाई उद्दार गरी स्वदेश फर्काइएको उल्लेख गर्दै उहाँले अब नेपाल आउनै पर्ने नागरिकहरुको हकमा नियमित उडानबाट ल्याउने व्यवस्था मिलाउने बताउनुभयो ।

खेलकूद प्रशिक्षण शुरू

सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी खेलकुदका प्रशिक्षणहरु सुरु गर्न अनुमति दिएको छ ।

ओलम्पिक खेलकुदमा सहभागिताका लागि छनोट हुने खेलका प्रशिक्षण सुरु गर्न, फुटबल, क्रिकेट लगायतका खेलहरुको अन्तर्राष्टिय स्तरमा सहभागिता जनाउन सरकारले अनुमति दिएको हो । यस्तै मैत्रिपूर्ण खेलहरु आयोजना गर्न, स्थगित रहेका फटलब डिभिजनका खेलहरु सञ्चालनको तयारी गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा सहभागिताका लागि प्रशिक्षण लगायतका तयारी गर्न पनि सरकारले स्वीकृति दिएको उहाँले बताउनुभयो । 

विद्युतीय लेखा प्रणाली शुरू

सबै संघीय र प्रदेश कार्यालयहरुमा विद्यूतिय सरकारी लेखा प्रणाली र संघ र र पदेशका सबै कार्यालयहरु तथा स्थानीय तहमा सार्वजनिक सम्पत्ति व्यवथापन प्राणाली लागु गर्ने  निर्णय पनि भएको उहाँले बताउनुभयो ।

विविध

यसैगरी बलात्कारपछि हत्या गरिएकी सम्झना कामीको परिवारलाई तीन लाख रुपैयाँ आर्थिक सहयाता दिने निर्णय पनि सरकारले गरेको छ । सरकारले मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ । किजा पूजाको अवसरमा मंसिर २ गते सर्वाजनिक विदा दिने निर्णय भएको प्रवक्ता गुरुङले बताउनुभयो ।