काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरू भएको छ। बैठक आज (शुक्रबार) अपरान्ह ४ बजेपछि सुरू भएको हो। बिहीबार महासचिव विष्णु पौडेलले नेकपा अध्यक्षद्वयको परामर्शमा आजको ४ बजे सचिवालय बैठक बोलाएका थिए । लामो रस्साकस्सीपछि प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक बोलाउन राजी भएका छन् ।
नेकपा अध्यक्ष अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाउन आग्रह गरे पनि अर्का अध्यक्ष केपी शर्मा ओलीले भने बैठक टार्दै आइरहेका थिए।