५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उकालो लाग्दै कोरोना संक्रमण, बिहीबार मात्र १२ हजार ३३८ संक्रमित पुष्टि



अ+ अ-

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप  १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ हजार ४९७ वटा नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा ६४९जना संक्रमित निको भएका छन् । बिहीबार कोरोनाबाट मृत्यु हुनेको संख्या ४ रहेको छ ।

काठमाडौं उपत्यकामा आज ६ हजार ९८१ जना संक्रमित थपिएका छन् जसमध्ये काठमाडौंमा ५००१, ललितपुरमा १ हजार १३० र भक्तपुरमा ८५० जना संक्रमित थपिएका छन् ।

१४ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ भने १४ जिल्लामै सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ ।

संक्रमितको संख्या उकालो लाग्ने क्रम जारी छ । र यो संख्या हालसम्मकै धेरै पनि रहेको छ ।

बुधबार  अर्थात अघिल्लो दिन ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।