१५ आश्विन २०८१, मंगलवार
,
Latest
नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का गोली लागेर गोविन्दा घाइते तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती बाढी–पहिरो पीडितलाई राहत वितरण सुरु, दुई दिनभित्र खोज–उद्धारका काम सकिने प्रधानमन्त्रीबाट जानकारी सरकारको निर्देशन विपरित रात्रिबस सञ्चालन भएकोप्रति छानविन गर्नुपर्छ: सांसद थापा सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छ: गृहमन्त्री लेखक राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायपालिकाको हुर्मत लिन वार एशोसिएसन संस्थागत रुपमा उद्यत रह्यो: पूर्वन्यायधीश ईश्वर खतिवडा



अ+ अ-

काठमाडौ । पूर्व न्यायधीश ईश्वर खतिवडाले नेपाल वार एशोसिएसन संस्थागत रुपमा न्यायपालिकाको हुर्मत लिन उद्यत रहेको टिप्पणी गर्नुभएको छ ।

पूर्व न्यायधीश खतिवडाले सामाजिक संञ्जाल मार्फत  नेपाल बारको रचनात्मक भूमिका हराउँदै गएकोर लहडीपन तथा प्रतिशोधपूर्ण भावनाहरु सतहमा नै छताछुल्ल देखिएका जनाउनु भएको छ ।

उहाँले सेवामा रहदा कुलिङ पिरियड नहुने भन्दै अबकाश नहुदा सम्म कुनै पनि कानुनसंग काम गर्न रोकतोक नभएको जनाउनु भएको छ ।

उहाँले लेख्नु भएको छ –

अमुक न्यायाधीशको कुलिङ पिरियड भनेर विभिन्न कोणबाट प्रश्न उठाएको देख्दा ‘मौसमी कुरा’ भने जस्तो लाग्न थालेको छ । सेवा निबृत्त हुने अघिल्लो दिनसम्म पनि उपाधि दिने, नियुक्ति सरुवा गर्ने कुरा मात्र होईन – न्यायिक निर्णय लगायत जुनसुकै प्रकारको निर्णय गर्न हुन्छ, गर्न सकिन्छ र निर्णय गर्नु पर्छ ।

कुनै न्यायाधीशको बहिर्गमन र आगमनको समयले निर्णय गर्न रोकिदैन । रोकिनु पर्छ भन्ने कुनै कानून, नियम वा अभ्यास थिएन र छैन । अवकाश हुनुभन्दा एक महिना अगाडीदेखि मुद्दा सुनुवाई नगर्ने चलन करिब ३ बर्ष अगाडी तत्कालीन प्रधान न्यायाधीशको एकल निर्देशनमा गरिएको परिपत्रको परिणाम मात्रै हो ।

एक महिना अबधि निर्णय नगरी (काम नगरी) पदमा बसिरहनु उचित होईन । ‘श्राध्दमा बिरालो बाँधेको उखान’ जस्तै हो निर्णय गर्न हुन्न भन्ने कुरा । तर अचम्म – यही मुलुकका सेवा निबृत्त न्यायाधीशले पनि ‘श्राध्दमा बिरालो बाँधेको उखान’ जस्तो गित गाएको सुनियो । सेवा निबृत्त भएपछि निर्णय गरिहिड्न हुँदैन, पदमा छउञ्जेल कानून अनुकूलको जुनसुकै निर्णय गर्न हुन्छ । तर निर्णय भने कानून र विवेकसंगत हुनुपर्छ ।

मुठभेड कसैको पनि रहरको बिषय हुन नहुने हो । तर घातले प्रतिघात पैदा गर्दछ भन्ने विज्ञानको नियम पनि छ । हिजोआज अदालत प्रति अनवरत अत्तो थाप्ने, लाञ्छना लगाउने र हुर्मत लिने कार्य भैरहँदा रमाईलो मानेर बस्ने प्रबृत्ति देखिन थालेको छ । न्यायपालिकाको संरक्षणका लागि बारका मित्रहरुले भूमिका खेल्नु पर्ने हो । तर हिजोआज नेपालको बार संस्थागत रुपमा न्यायपालिकाको हुर्मत लिन उद्यत रहेको महशुस भएको छ ।

नेपाल बारको रचनात्मक भूमिका हराउँदै गएको छ, लहडीपन र प्रतिशोधपूर्ण भावनाहरु सतहमा नै छताछुल्ल देखिएका छन् । अदालतले अपनाउने सहनशीलता र संयम पनि सापेक्षिक हुन्छन् । अहिले कोही कसैले पनि धेरै तरङ्गित हुनुपर्ने अवस्था मैले देखेको छैन ।

कुनै कुरा प्रकृयामा आएका छन् भने प्रकृयाबाट नै किनारा लाग्लान् । न्यायपालिका सुद्ध र सुदृढ रहोस, शुभकामना !!