१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

न्यायपालिकाको हुर्मत लिन वार एशोसिएसन संस्थागत रुपमा उद्यत रह्यो: पूर्वन्यायधीश ईश्वर खतिवडा

नेपाल बारको रचनात्मक भूमिका हराउँदै गएको छ, लहडीपन र प्रतिशोधपूर्ण भावनाहरु सतहमा नै छताछुल्ल देखिएका छन्

न्यायपालिकाको हुर्मत लिन वार एशोसिएसन संस्थागत रुपमा उद्यत रह्यो: पूर्वन्यायधीश ईश्वर खतिवडा
अ अ+ अ-

काठमाडौ । पूर्व न्यायधीश ईश्वर खतिवडाले नेपाल वार एशोसिएसन संस्थागत रुपमा न्यायपालिकाको हुर्मत लिन उद्यत रहेको टिप्पणी गर्नुभएको छ ।

पूर्व न्यायधीश खतिवडाले सामाजिक संञ्जाल मार्फत  नेपाल बारको रचनात्मक भूमिका हराउँदै गएकोर लहडीपन तथा प्रतिशोधपूर्ण भावनाहरु सतहमा नै छताछुल्ल देखिएका जनाउनु भएको छ ।

उहाँले सेवामा रहदा कुलिङ पिरियड नहुने भन्दै अबकाश नहुदा सम्म कुनै पनि कानुनसंग काम गर्न रोकतोक नभएको जनाउनु भएको छ ।

उहाँले लेख्नु भएको छ –

अमुक न्यायाधीशको कुलिङ पिरियड भनेर विभिन्न कोणबाट प्रश्न उठाएको देख्दा ‘मौसमी कुरा’ भने जस्तो लाग्न थालेको छ । सेवा निबृत्त हुने अघिल्लो दिनसम्म पनि उपाधि दिने, नियुक्ति सरुवा गर्ने कुरा मात्र होईन – न्यायिक निर्णय लगायत जुनसुकै प्रकारको निर्णय गर्न हुन्छ, गर्न सकिन्छ र निर्णय गर्नु पर्छ ।

कुनै न्यायाधीशको बहिर्गमन र आगमनको समयले निर्णय गर्न रोकिदैन । रोकिनु पर्छ भन्ने कुनै कानून, नियम वा अभ्यास थिएन र छैन । अवकाश हुनुभन्दा एक महिना अगाडीदेखि मुद्दा सुनुवाई नगर्ने चलन करिब ३ बर्ष अगाडी तत्कालीन प्रधान न्यायाधीशको एकल निर्देशनमा गरिएको परिपत्रको परिणाम मात्रै हो ।

एक महिना अबधि निर्णय नगरी (काम नगरी) पदमा बसिरहनु उचित होईन । ‘श्राध्दमा बिरालो बाँधेको उखान’ जस्तै हो निर्णय गर्न हुन्न भन्ने कुरा । तर अचम्म – यही मुलुकका सेवा निबृत्त न्यायाधीशले पनि ‘श्राध्दमा बिरालो बाँधेको उखान’ जस्तो गित गाएको सुनियो । सेवा निबृत्त भएपछि निर्णय गरिहिड्न हुँदैन, पदमा छउञ्जेल कानून अनुकूलको जुनसुकै निर्णय गर्न हुन्छ । तर निर्णय भने कानून र विवेकसंगत हुनुपर्छ ।

मुठभेड कसैको पनि रहरको बिषय हुन नहुने हो । तर घातले प्रतिघात पैदा गर्दछ भन्ने विज्ञानको नियम पनि छ । हिजोआज अदालत प्रति अनवरत अत्तो थाप्ने, लाञ्छना लगाउने र हुर्मत लिने कार्य भैरहँदा रमाईलो मानेर बस्ने प्रबृत्ति देखिन थालेको छ । न्यायपालिकाको संरक्षणका लागि बारका मित्रहरुले भूमिका खेल्नु पर्ने हो । तर हिजोआज नेपालको बार संस्थागत रुपमा न्यायपालिकाको हुर्मत लिन उद्यत रहेको महशुस भएको छ ।

नेपाल बारको रचनात्मक भूमिका हराउँदै गएको छ, लहडीपन र प्रतिशोधपूर्ण भावनाहरु सतहमा नै छताछुल्ल देखिएका छन् । अदालतले अपनाउने सहनशीलता र संयम पनि सापेक्षिक हुन्छन् । अहिले कोही कसैले पनि धेरै तरङ्गित हुनुपर्ने अवस्था मैले देखेको छैन ।

कुनै कुरा प्रकृयामा आएका छन् भने प्रकृयाबाट नै किनारा लाग्लान् । न्यायपालिका सुद्ध र सुदृढ रहोस, शुभकामना !!