काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष मध्येका एक कमल थापाले पार्टी एकताको नाममा राप्रपाको लोकप्रिय र सर्वाधिक उपयुक्त चुनाव चिन्ह गाई गुमाउनु पर्दाको पीडा फेरि एकपटक वोध भएको जनाउनु भएको छ । यमपञ्चक अन्तरगत आज गाईपुजा गरेको फोटो सामाजिक संञ्जालमा राख्दै नेता थापाले लेख्नु भएको छ –आज गाई पुजा गर्दा भाव विह्वल भएं।
पार्टी एकताको नाममा राप्रपाको लोकप्रिय र सर्वाधिक उपयुक्त चुनाव चिन्ह गाई गुमाउनु पर्दाको पीडा फेरि एकपटक वोध भयो। हिन्दुराष्ट्रको एजेण्डा बोकेको पार्टीकोलागि गाई चिन्ह ठीक हुन्छ भनेर पशुपतिजी र प्रकाशजीलाई सहमत गराउन नसक्नु मेरै कमजोरी हो।











