७ माघ २०८१, सोमबार
,
Latest
अमेरिकामा डोनल्ड ट्रम्पको पदभार ग्रहण तयारी (फोटो फिचर) यू–१९ महिला टी–२० विश्वकप : नेपाल र स्कटल्याण्डबीच आज प्रतिस्पर्धा ट्रम्प ह्वाइटहाउसमा प्रवेश गर्दा कसरी हुँदैछ बाइडनको बिदाइ ? आजको तरकारी र फलफूलको मूल्य कति ? गाउँमै इँटा उद्योग चलाएर स्वरोजगार बनेका इञ्जिनिर प्रमोद एभर्टनसँग हार्यो टोटेनहम, नटिङहमले साउथह्याम्प्टनलाई हरायो अलैँची बिक्रीबाट २२ करोड आम्दानी इप्सविचको पोस्टमा सिटीको आधा दर्जन गोल, ब्राइटनसँग युनाइटेड स्तब्ध सुन्तला उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा किसान उत्साहित पर्यटन प्रवर्द्धनका लागि नेपाल–इन्डोनेसिया सांस्कृतिक आदानप्रदान कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वी र त्रिभुवन राजमार्गका कयौं ठाउँमा पहिरो, यातायात अवरुद्ध



अ+ अ-

काठमाडौं । भारी वर्षाका कारण त्रिभुवन र पृथ्वी राजमार्गका कयौं ठाउँमा पहिरो गएको छ । यातायात पूर्णरुपमा अबद्ध भएको छ ।

पृथ्वी राजमार्गका तीन ठाउँमा पहिरो आएको छ । पहिरोले पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ भने त्रिभुवन राजपथको सिस्ने खोलाको लेदो पन्छाइएको भए पनि लगातारको वर्षाले सवारी सञ्चालन हुने अवस्था छैन ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा, सलाङघाट, गल्छीको चिरौँदी र काठमाडौँ नजिकै त्रिभुवन राजपथ अन्तर्गत नौबिसे नागढुङ्गा सडकको झ्याप्ले खोलामा पहिरो खसेको छ । अन्य स्थानमा पहिरो खस्ने र पन्छाउने क्रम जारी छ । पहिरोको कारण राजमार्ग पूर्ण रूपमा बन्द छ ।

राजमार्गमा पहिरोको जोखिम भएकाले प्रहरीले सवारी साधनलाई सुरक्षित स्थानमा रोकेर बस्न आग्रह गरेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिनु भएको छ । वर्षाताका कारण धादिङका अधिकांश ग्रामीण सडक पनि अवरुद्ध छन् । त्रिसूली, आँखु, बुढीगण्डकी लगायतका नदी तथा खोलामा पानीको बहाव बढेको छ ।

पहिरोले राजमार्गहरु अबरुद्ध भएपछि हजारौं यात्रुको विचल्ली भएको छ ।