२६ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार सहयोग काठमाडौं महानगरपालिकाले लक्षित वर्गलाई २ लाख रुपैयाँसम्मको निःशुल्क जलन उपचार उपलब्ध गराउने विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन बाढीपीडितका लागि यातायात व्यवसायी राष्ट्रिय महासङ्घद्वारा ९९ लाख सहयोग एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी अन्तर्राष्ट्रिय वर्गीकरण मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल



अ+ अ-

काठमाडौं । भारी वर्षाका कारण मकवानपुरको कुलेखानी जलविद्युत आयोजनाको ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा परेको छ ।

नेपाल विद्युत प्राधिरकण कुलेखानी प्रथम जलविद्युत केन्द्रले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई पत्राचार गर्दै ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा रहेको जनाएको हो ।

यस्तै वर्षा थप ५ देखि ७ घण्टा रहिरहे ड्यामको ढोका खोल्नुपर्ने अवस्था आउने प्राधिरकणले जनाएको छ । ड्यामको ढोका खोलेको अवस्थामा तटीय क्षेत्र कुनै पनि समयमा डुवानमा पर्ने भन्दै स्थानीयलाई सतर्कता अपनाउन केन्द्रका प्रमुख तारादत्त भट्टले प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरेका हुन् ।

‘अहिले भइरहेको अविरल वर्षाको कारण यस कुलेखानी जलविद्युत केन्द्रको ड्याममा पानीको सहत बढी हुन सक्नुका साथै चखेल, सिम, मुख्य ड्यामको ढोका खोल्न पर्न सक्ने हुनाले बागमती खोलाको बहान बढन् गई तटीय क्षेत्रमा कुनै पनि समयमा डुवानमा पर्ने सम्भावना रहेको व्यहोरा जानकारी गराउँदै त्यस क्षेत्रका स्थानीयलाई समयमै सुरक्षित रहन तथा उच्च सतर्कता अपनानउ आवश्यक जानकारी गराइदिन अनुरोध छ’, केन्द्रले पत्राचारमा भनेको छ ।

तस्बिर : अञ्जली थापा/रासस