२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा



अ+ अ-

काठमाडौं । लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन् ।

कास्की जिल्ला अदालतले हिजो उनलाई ७५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । धरौटी बापतको रकम बुझाएर श्रेष्ठ आज रिहा भएका हुन् ।कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले भन्नुभयो ‘अदालतले ७५ हजार रुपैयाँ धरौटी बुझाउन आदेश दिएको थियो । उहाँ धरौटी बुझाएर छुटिसक्नुभएको छ। ‘

पोखराको पृथ्वीचोकमा दिया फार्मेसी चलाउँदै आएका श्रेष्ठको फार्मेसीबाट लागुऔषध खरिद गरेको एक युवकको बयानपछि उनलाई पक्राउ गरिएको थियो ।