२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुटुको शल्यक्रिया गरिरहेकी रन्जितालाई रेशमले भने: भकारी रित्तिएपछि मुसाले त घर छोडेर जान्छन्, तिमी आफन्तको कुरा गर्छौ !



अ+ अ-

काठमाडौं । नागरिक  उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता चौधरी श्रेष्ठको मटुमा समस्या भएको छ । श्रेष्ठकाे गंगालाल अस्पतालमा आज  शल्यक्रिया हुदैछ ।

रन्जितालाई  शल्यक्रियाका लागि शल्यक्रियाकक्षमा लगेपछि उनका श्रीमान तथा पार्टीका नेता रेशम चौधरीले भाबुक स्टाटस लेखेका छन् ।

उनले लेखेका छन् -भकारी रित्तिएपछि मुसाले त घर छोडेर जान्छन् आमा ! तिमी आफन्तको कुरा गर्‍छौ । संजोग आज यस्तै भयो  -तिम्रो मुटु अपरेसन कक्ष बाहिर हामी आफन्त सिवाय कोहि छैनन् ।

नेता रेशम चौधरीले लेखेका छन्-

हाम्रो नागरिक उन्मुक्ति पार्टीको संस्थापक अध्यक्ष तथा मेरो श्रीमती रन्जिता श्रेष्ठ चौधरीलाई मुटु अपरेसन कक्षमा लगिएको छ । उहाँको सिघ्र स्वास्थ लाभको कामना । अपरेसन सफल होस् ।

अस्ति तिम्रो स्टाटस आएको थियो,भकारी रित्तिएपछि मुसाले त घर छोडेर जान्छन् आमा ! तिमी आफन्तको कुरा गर्‍छौ । संजोग आज यस्तै भयो – तिम्रो मुटु अपरेसन कक्ष बाहिर हामी आफन्त सिवाय कोहि छैनन् ।