२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वाग्रह साथ पक्राउ नगर्न र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह



अ+ अ-

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले हालै देशमा भएका घटनाक्रमप्रति ध्यानाकर्षण गर्दै, शान्ति, सुरक्षा र मानव अधिकारको संरक्षणमा पर्ने प्रतिकूल प्रभावका बारेमा सचेत गराएको छ।

आयोगले कानूनको कार्यान्वयनमा पूर्वाग्रह, दुरासयका साथ पक्राउ गर्ने र पक्राउ गरिएका व्यक्तिप्रति मानवोचित व्यवहारको कमी जस्ता सूचनाहरू प्राप्त गरेको जनाएको छ।

आयोगका अनुसार, हालका घटनाहरूले नागरिकका मानव अधिकार र शान्ति सुरक्षामा नकारात्मक प्रभाव पारिरहेका छन्। यस सन्दर्भमा, आयोगले निष्पक्ष र स्वतन्त्र अनुसन्धानको आवश्यकता जोड दिँदै, फौजदारी मुद्दामा पूर्वाग्रहपूर्ण व्यवहार नगर्न र अनुसन्धानमा सहयोग गर्न सबै पक्षलाई आग्रह गरेको छ।

“फौजदारी कसूरमा निष्पक्ष र प्रभावकारी अनुसन्धान हुन सकेमा मात्र मानव अधिकार र कानूनी शासनको स्थापना सम्भव छ,” आयोगले एक वक्तव्यमा भनेको छ।

आयोगले अपराधका घटनामा दखल नदिने र नियन्त्रणमा लिएका अभियुक्तहरूको स्वास्थ्य उपचारमा भेदभाव नगर्न सिफारिस गरेको छ। यसका साथै, घृणायुक्त अभिव्यक्तिहरूको प्रयोग नगरी कानूनको सम्मान गर्दै अनुसन्धान प्रक्रियामा सहयोग गर्न आग्रह गरिएको छ।