१९ असार २०८३, शुक्रबार
,
Latest
आज पनि बढ्यो सुनचाँदीको मूल्य स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न विभागकाे निर्देशन खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहोरमैला व्यवस्थापन सहितका १८ बुँदे माग राख्दै सिसडोलबासी आन्दोलित (फोटोफिचर)



अ+ अ-

काठमाडौं । विभिन्न १८ बुँदे माग राख्दै सिसडोलबासी आन्दोलित भएका छन् । शिक्षा, स्वास्थ्य, सडक लगायत विकास निर्माण गर्नुपर्ने लगायतका १८ बुँदे माग मंसिर २० गतेसम्म पुरा नभए फोहोर फाल्न नदिने भन्दै स्थानीयहरु आन्दोलित भएका हुन् । वैज्ञानिक ढंगबाट फोहोरमैला व्यवस्थापन गर्नुपर्ने, मानव स्वास्थ्यको पूर्ण ग्यारेण्टी सहित जीवन बीमा गर्नुपर्ने, विकास निर्माणका काम जनताले भनेअनुसार तत्काल सुरुवात गर्नुपर्ने उनीहरुको माग छ । जग्गा अधिग्रहण राजनीतिक दलका सिमित व्यक्तिको आधारमा प्रभावित क्षेत्र भित्र हुनुको औचित्य पुष्टि गर्नुपर्ने, रोनाष्टको आधारमा प्रभावित क्षेत्र घोषणा हुनुपर्ने स्थानीयको माग छ । स्थानीय दिनेश कार्कीले बञ्चरे डाँडामा ल्याण्डफिल साइड फोहोर फाल्न तयारी अवस्थामा रहेपनि आफ्ना मागहरु पुरा नभएसम्म फाल्न नदिने बताउनुभयो । जनताको न्यूनतम मागहरु समेत पुरा नगरी फोहोर फाल्ने तयारी भएपछि आफुहरु आन्दोलित भएको उहाँको भनाई छ ।

यातायात, शिक्षा, स्वास्थ्य, पशुबीमा, बालिबीमाको तत्काल व्यवस्था गर्नुपर्ने, विकास निर्माणका लागि १६ वर्षदेखि विनियोजन भएको रकमको हिसाबकिताब गर्नुपर्ने, ८० शैयाको अस्पताल तत्काल निर्माण गर्नुपर्ने माग उनीहरुको छ । वातावरणलाई विगतमा जस्तै प्राकृतिक ढंगमा कायम गर्नुपर्ने र फोहोरको प्रभावबाट मानिस, पशुपंक्षी, बोटबिरुवा सुरक्षित हुने ग्यारेण्टी गर्नुपर्ने स्थानीयहरुको भनाई छ । अर्का स्थानीय रामचन्द्र ढुंगानाले जनताले अहिलेसम्म काठमाडौंको फोहोर मात्रै खाएको बताउनुभयो । स्थानीयहरुको व्यवस्थापन नहुँदासम्म फोहोर फाल्न नदिने उहाँको भनाई छ । स्थानीयले फोहोरबाट निस्कने लिचड पदार्थको उचित व्यवस्थापन हुनुपर्ने पनि बताएका छन् । मंसिर २० गतेसम्म आफ्ना माग पुरा गर्न अल्टिमेटम दिँदै स्थानीयहरुले मानव बसोबासरहित फोहोरमैला व्यवस्थापन गर्दै जग्गा अधिग्रहण गर्नुपर्ने पनि बताएका छन् । फोहोरमैला व्यवस्थापन भएको ठाउँमा विस्फोट नहुने ग्यारेण्टी गनुपर्ने उनीहरुको माग छ । ककनी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष घनश्याम बजगाईले फोहोरमा राजनीतिक नगर्न आग्रह गर्नुभयो । काठमाडौं महानगरले आफुहरुमाथि मानविय व्यवहार नगरेको भन्दै उहाँले आक्रोश समेत व्यक्त गर्नुभयो ।

बागमती प्रदेशका सांसद बद्री मैनालीले बस्ती भएको ठाउँमा फोहोर फाल्ने निर्णय नै गलत भएको बताउनुभयो । फोहोर र मान्छे एकै ठाउँमा बस्न नसक्ने भएकाले यसको उचित व्यवस्थापन गर्नुपर्ने उहाँको भनाई छ । लामो समयदेखि काठमाडौं उपत्यकाको फोहार सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । पछिल्लो समय सिसडोल क्षेत्र भरिएपछि बञ्चरेडाँडामा व्यवस्थापन गर्ने गरिएको छ । स्थानीयको स्वास्थ्यमा गम्भिर असर पर्ने गरी फोहोर व्यवस्थापन गर्ने गरिएको भन्दै स्थानीयले लामो समयदेखि समस्या समाधानका लागि आवाज उठाउँदै आएका छन् ।