काठमाडौ । सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टीभित्रको परिस्थिति निकै गम्भीर रहेको बताउनु भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पार्टीभित्र उत्पन्न समस्यका बारेमा छलफल गरेपछि संञ्चारकर्मीहरु लाई संक्षिप्त प्रतिक्रिया दिदै महासचिव पौडेलले पार्टी भित्रको अवस्था गम्भिर रहेको बताउनु भएको हो ।
दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल बिच बढेको मन मुटाव का साथै अन्य सचिवालयका सदस्यहरु पनि दुई ध्रुवमा विभाजित हुँदा नेकपा यतिबेला निकै संकटमा फसेको छ । दुई अध्यक्षले एक अर्कालाई लिखित रुपमा नै आरोप प्रत्यारोप गरेपछि समस्या निकै जटिल बन्दै गएको छ ।
अध्यक्ष दाहालले लाएको आरोपको प्रधानमनत्री तथा अध्यक्ष केपी ओलीले मंसीर १० गते जवाफ दिने भन्दै सचिवालयको बैठक स्थगित गरिएको छ ।