२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालबालिकामा हुने क्यान्सरको उपचारका लागि चिकित्सक अभाव



अ+ अ-

काठमाडौँ । नेपालमा बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि चिकित्सकहरुको अभाव रहेको पाइएको छ ।

बालबालिकामा हुने क्यान्सर रोगीहरुको संख्या बढ्दै गइरहेपनि त्यसको तुलनामा उपचार गर्ने विशेषज्ञहरु भने पर्याप्त नभएको चिकित्सक सनी सिपाईंले बताउनुभएको हो ।

कान्ति बाल अस्पतालमा कार्यरत उहाँले  कुराकानीमा बालबालिकामा हुने क्यान्सर रोग उपचारका लागि चिकित्सकहरुको नै अभाव रहेको बताउनु भयो । उहाँले कान्ति बाल अस्पतालमा पनि आफूसहित २ जना चिकित्सकको भरमा उपचार गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताउनु भयो । चिकित्सक सिपाईंले सरकारले क्यान्सर अस्पतालहरुको स्तरोन्नति गरेर यसको जाँचका लागि बाहिरको भर पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने आवश्यकता पनि औंल्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले चिकित्सकहरुको पर्याप्तता छैन । किनभने निश्चित रुपमा धेरैजसो जति पनि सेवा दिईरहेका छन् । यी केन्दहरुमा नै छन् । केन्द्रहरुबाट सेवा दिन पनि सबै ठाउँमा पर्याप्त छैनन् । कान्तिको हकमा म र अर्का एक जना चिकित्सक हुनुहुन्छ भने अन्य सेवाहरुमा एक जना वा दुई जना हुनुहुन्छ । जसले गर्दा ती सेवा केन्द्रहरुमा सेवा गर्न पनि केही कठिनाईहरु छन् भने नेपालमा काठमाडौं बाहिर ती सेवा पुर्‍याउनका लागि अझै पनि पर्याप्त जनशक्तिको अभाव नै छ जस्तो लाग्छ । सरकारले सेवा दिइरहेका अस्पतालहरुमा स्तरोन्नति गर्नुपर्‍यो । जाँच गर्नका लागि जुन बाहिर पठाउनुपर्ने अवस्था छ, त्यो नेपालमा नै गर्न सकियोस् ।’

बालिबालिकाहरुमा धेरैजसो ब्लड क्यान्सर देखिएको विभिन्न अध्ययनहरुले देखाएको छ । करिव ६० प्रतिशत भन्दा बढी बालबालिकाहरुमा ब्लड क्यान्सर देखिएको चिकित्सक सिपाईंको भनाई छ । उहाँले त्यसैगरी उनीहरुको बे्रने टयुमर, आँखा, नसा र मृर्गौलामा हुने क्यान्सर पनि क्रमश: देखिएको उपचारको क्रममा पाइएको पनि बताउनु भयो ।

चिकित्सक सिपाईले भन्नुभयो, ‘बालबालिकामा धेरैजसो ब्लड क्यान्सर देखिने गरेको पाइएको छ । ६०/६५ प्रतिशत जति पनि क्यान्सर छ, त्यो बालबालिकाहरुमा हुने रगतको नै क्यान्सर हो । त्यसपछि ब्रेन ट्युमर, अरु अंगहरुमा आँखामा हुने, नशामा हुने, मिर्गौलामा हुने क्यान्सरहरु क्रमश: देखिदै आएका छन् ।’

नेपालमा वार्षिक करिव १५ सयसम्म बालिबालिकाहरुमा क्यान्सर देखिने प्रक्षेपण छ । त्यही प्रक्षेपणको आधारमा सो रोगका लागि उपचारको व्यवस्था मिलाउने काम गरिएको छ । कान्ति बाल अस्पतालमा मात्रै सो रोग लागेका बालबालिकाहरु वार्षिक रुपमा करिव १६० देखि २ सयसम्म आउने गरेको अस्पतालले जनाएको छ ।

चिकित्सक सिर्पाइले भन्नुभयो, ‘नेपाल वार्षिक सरदर हजारदेखि १५ सय जति बालबालिकाहरुमा क्यान्सर रोग देखिने प्रक्षेपण छ । त्यही प्रक्षेपणको आधारमा हामीले हाम्रो कार्यक्रमहरुलाई अगाडि बढाईराखेका छौं । र कान्तिको नै हेर्ने हो भने पनि वार्षिक १६० देखि २ सयसम्म रहने गरेको छ । त्यस्तै अन्य अस्पतालहरु, जसले त्यो सेवा दिइरहेका छन् । त्यस हिसावले पनि त्यो प्रक्षेपण गरेर हामीले वार्षिक करिव १५ सय जति हुन सक्छ भनेर अनुमान गरिरहेका छौँ । ’

चिकित्सकहरुले सो रोगको उपचारका लागि नेपालमा करिव ८ लाख रुपैयाँसम्म खर्च हुने जानकारी गराएका छन् । चिकित्सक सिपाईंका अनुसार परीक्षणको लागि खासगरी भारत पठाउनुपर्ने भएकाले उपचार खर्च बढ्न सक्नेछ ।




भर्खरै