१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

यसरी सम्भव भयो न्युयोर्कमा ओली–मोदी भेट, केके छन् वार्ताका एजेण्डा ?

यसरी सम्भव भयो न्युयोर्कमा ओली–मोदी भेट, केके छन् वार्ताका एजेण्डा ?
फाइल फोटो
अ अ+ अ-

काठमाडौं । अघिल्लो हप्तासम्म प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा जाने कि नजाने भन्ने बारेमा स्पष्ट थिएन । हुनत मन्त्रिपरिषदले उनको अमेरिका भ्रमणदल पास गरिसकेको थियो । तर अन्तिममा आएर प्रधानमन्त्री नजान पनि सक्ने बालुवाटार स्रोतले जनाएको थियो ।

तर पछि भने भारतीय समकक्षी नरेन्द्र मोदीसँग न्युयोर्कमा भेटवार्ता हुने पक्का भएपछि मात्र उनी अमेरिका जाने निश्चित भएको थियो । उनको भ्रमण गत आइतबार मात्र निश्चित भएको थियो । त्यो पनि नेपाल र भारतका परराष्ट्रमन्त्रीबीचको फोनवार्ताले ।

आफू क्यानाडा जाने अघिल्लो दिन परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतीय समकक्षी विदेशमन्त्री एस जयशंकरसँग फोनमा कुरा गरेकि थिइन् । त्यो फोनवार्तापछि न्युयोर्कमा दुई प्रधानमन्त्रीको भेटवार्ता निश्चित भएको थियो र समय पनि २२ तारिखको साँझ साढे पाँच बजे तय गरिएको थियो ।

तदनुसार उनीहरुबीच नेपाली समय अनुसार सोमबार बिहान सवा तीन बजे भेटवार्ता तय भएको हो । यतिखेर प्रधनमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्यूयोर्क पुगेका छन् ।

परराष्ट्रमन्त्री डा राणा भारत भ्रमणमा गएका बेला सो भेटका विषयमा प्रधानमन्त्री मोदीसँग कुरा राख्नुभएको थियो । त्यस समय उहाँहरुबीच बैंककमा हुन लागेको बिमस्टेकमा सो भेट हुने निश्चित भएको थियो । तर पछि उहाँ नेपाल फर्किएपछि सो सम्मेलन स्थगित हुन पुगेको थियो । त्यसपछि भेटवार्ता अनिश्चित बनेको थियो ।

तर पनि दुइ देशका प्रधानमन्त्रीको भेटवार्ताका लागि परराष्ट्र मन्त्रालयले निकै प्रयास गरेको परराष्ट स्रोतले बतायो । नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त भएपछि पिहलो भ्रमण भारत गर्ने पहिलेको प्रचलन अनुसार भारत जाने समय नभएको र प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निमन्त्रणा पनि नआएकाले सो भ्रमण अघि दुइ देशका प्रधानमन्त्रीबीचको भेटलाई बढी जोड दिइएको थियो ।

परराष्ट्रमन्त्री डा राणाले सो भेटवार्ताका लागि उपयुक्त स्थान न्यूयोर्क हुनसक्ने भन्दै प्रयास थालेको स्रोतले बतायो । न्युयोर्कमा भेट्ने प्रबन्ध मिलाउन प्रधानमन्त्री ओलीले पनि मन्त्री डा राणालाई पटक पटक निर्देशन दिएका थिए ।

ओली–मोदी भेट तय भएको परराष्ट्र मन्त्रालय उच्च स्रोतले शनिबार मात्र सार्वजनिक गरेको छ । तर पनि सो भेट भने मन्त्री डा राणा क्यानाडा जानु अघिल्लो दिन अर्थात् भदौ ३० गते नै तय भएको थियो । सो दिन नै परराष्ट्र मन्त्री डा राणा र भारतीय विदेशमन्त्री एस जयशंकरका बीचमा टेलिफोनमा कुराकानी भएको थियो । सो फोनवार्तामा नै दुई देशका प्रधानमन्त्रीबीच भेट हुने तय भएको थियो ।

सो भेटका लागि प्रधानमन्त्री मोदी बसेको होटलमा नै प्रधानमन्त्री ओली पुग्नेछन् । सो भेट करिब आधा घण्टाको हुने परराष्ट्र स्रोतले जानकारी दियो । भेटका एजेण्डा खासै सार्वजनिक नगरिएको भए पनि आपसी हितका विषयलाई जोड दिइने छ ।

नयाँ प्रधानमन्त्री नियुक्त भएपछि ओली र मोदीको यो पहिलो पटक भेट हो । यस भेटमा मोदीको नेपाल भ्रमण एवं ओलीको भारत भ्रमणका विषयमा कुराकानी हुने परराष्ट स्रोतले जनायो । बताइएको छ । भेटावार्ताका अरु एजेण्डा बताइएको छैन ।

तर पनि नेपाल र भारतका परराष्ट्रमन्त्री र उच्च अधिकारीहरु नै त्यहाँ रहेकाले भेटवार्ताका केही एजेण्डाहरु तय हुन सक्ने परराष्ट्रका एकजना उच्च अधिकारीले जानकारी दिए । उनका अनुसार यसअघि परराष्टमन्त्री डा राणाको भारत गएका बेला भएको द्धिपक्षीय वार्तामा उठेका विषयहरुको कार्यान्वयनमा सो भेटमा कुराकानी हुने भएको छ ।

ओली प्रधानमन्त्री भएपछि मोदीले भारत भ्रमणको निम्ता नदिएकाले यो विषयले नेपालमा निकै चर्चा पाएको थियो । परराष्ट्रमन्त्री डा राणालाई भारतका विदेश सचिवले भारत भ्रमणको निम्ता दिएका थिए र उनले भ्रमण पनि गरेकि छिन् ।

नेपालबाट भारतले निर्यात गर्ने बिजुलीको सहजीकरण, बंगलादेश विद्युत निर्यातको विषयका साथै जलवायु परिवर्तनमा मिलेर काम गर्ने जस्ता विषय सो भेटवार्तामा उठ्ने छन् ।

यसअघि परराष्ट्रमन्त्री डा राणालाई भारतले उच्च महत्वका साथ सम्मान दिएको तर प्रधानमन्त्री ओलीलाई भने भारत भ्रमणको निम्ता पनि नदिएछि यस विषयले नेपालमा निकै चर्चा पाएको थियो । कतिले त यसलाई भारतले परराष्ट्रमन्त्री डा राणालाई प्रधानमन्त्री बनाउन लागेको भन्ने चर्चा पनि गरेका थिए । यसकारण पनि न्युयोर्कमा हुने यो भेटलाई निकै चासोसाथ हेरिएको छ ।