३ श्रावण २०८३, आईतवार
,
Latest
पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था विश्व निकेतन विद्यालयमा ‘स्मार्ट क्लासरुम’ सञ्चालन बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन कांग्रेसको संस्थापन इतर पक्षले बिपी कोइरालाको स्मृति दिवस छुट्टै मनाउने एक हजार २५० मेट्रिकटन मल सोमबार आयात हुँदै अभौतिक मुद्राको कारोबार गर्ने एक जना पक्राउ म्याड्रिडको उत्तरमा लागेको डढेलोले १२ हजार हेक्टर जङ्गल विनास भारतमा बाढी र पहिरोबाट कम्तीमा १९ जनाको मृत्यु शनिबारको खेलमा फ्रान्सका स्ट्राइकर एम्बाप्पे विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बन्न सफल, मेसीलाई फाइनलमा कति गोल… बागमती नदीमा घट्न थाल्यो पानीको बहाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिकरूपमा नेपाल फर्कदै



अ+ अ-

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तराष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिकरूपमा नेपाल फर्किन लागेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि चीन गएको टोली नेपालमा भएको राजनीतिक गतिबिधिलाई ध्यानमा राखेर तत्काल फर्किन लागेको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली १० दिनका लागि शनिबार मध्यरातमा चीनका लागि उडेको थियो ।

“नेपालमा पार्टी सभापतिमाथि षड्यन्त्र हुन सक्ने लक्षण देखिएकाले तत्काल फर्किन लागेका हौँ ।” भ्रमण टोलीलाई नेतृत्व गरेका डा. स्वर्णिम वाग्लेले बताए ।

टोलीमा पार्टी उपसभापति स्वर्णिम वाग्ले, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरु गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुसरकार श्रेष्ठ छन् ।