२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हठ त्याग्नुस, संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसक्यो:- कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसकेको भन्दै ठुला भन्न रुचाउने दल र नेताहरुले हठ त्यागेर तत्काल मार्ग परिबर्तन गर्नुपर्ने बताएका छन् । सहकारी प्रकरणमा कांग्रेस र एमालेको ठूला नेताको संलग्न देखिएकाले प्रकरणलाई भित्रभित्रै फासफुस पार्ने प्रयास भइरहेको समेत थापाले आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित राप्रपा नेपाल उपत्यकाको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सहकारी प्रकरणमा रवि लामिछानेको नाम आउदा जोडतोडसँग हंगामा भएतापनि कांग्रेस र एमालेका नेताको संलग्नता देखिने वित्तिकै प्रकरणलाई लुकाउन खोजको बताए ।

उनले छानविन समितिको प्रतिवेदनले एकातिर क्लिन चिट पाए रविले भनेको र अर्कोतिर समितिले कारबाहीको माग गरेको भन्ने समाचार आएकोमा उनले प्रतिवेदनमाथि प्रश्न समेत गरे। ‘सहकारी ठगीको विषयमा ठूलो हो हल्ला भयो । छानविनका लागि समिति गठन भयो ।सहकारी प्रकरणमा रवि लामिछानेको मात्र होइन कांग्रेस र एमाले पनि ठूला नेताहरुको नाम आउन थाल्यो । त्यसपछि पहिले झै भ्रष्टाचारको काण्ड दबाएझैं गरेर प्रकरणलाई पनि भित्रभित्रै फासफुस गर्ने प्रयास गरिरहेको छन्,’ अध्यक्ष थापाले भने,‘ एकातिर क्लिन चिट पाए रविले भनेको छ । अर्कोतिर कारबाहीको माग गरेको समितिले भनिएको छ । त्यो कस्तो प्रतिवेदन हो ?जसले जे पनि बोल्न मिल्ने । रवि लामिछाने मात्र आउँदा धेरै जोडतोडसँग हंगामा भयो । जब ठूला दुई दलको पनि सहकारी ठगीमा नाम आउन थाल्यो अनि काले काले मिलेर खाउँ भाले भने जस्तै गरी फासफुस बनाउने काम भयो ।’

थापाले सरकारले र सत्तामा भएका दलहरुले ठूलो तामझामका साथ संविधान दिवस मनाएता पनि जनताको कुनै उत्साह नरहेको बताएका छन् । सरकारले संविधान दिवसमा सैनिक मञ्चमा गरेको कार्यक्रममा होस् या दरबार मार्गको कन्सर्ट दुबैमा जनताको उपस्थिति उत्साहजनक नदेखिएको भन्दै उनले त्यसबाट संविधान दिवसमा जनताको कुनै उत्साह छैन् भन्ने प्रमाणीत भएको बताए । संविधान संसोधन गर्ने हो भने अहिलेको यथास्थितिलाई टालटुल गरेर समस्या समाधान नहुने भन्दै थापाले अब सबै अटाउने ब्यबस्थाले मात्र मुलुकलाई जोगाउने बताए । थापाले आन्दोलन उछ्रीन्खल र अदृश्य शक्तिको हातमा जान सक्ने भन्दै थापाले चाढै सत्तासिनक आँखा खुल्नु पर्ने समेत सुझाब दिए ।

सानो झिल्को लाग्यो भने कसैको नियन्त्रणमा रहदैन त्यसैले बेलैमा राजा सहितको प्रजातन्त्रमा फर्किन अबेर गर्न नहुने थापाको धारणा थियो । हिन्दूराष्ट्र र राजा सहितको प्रजातन्त्र नै नेपालको स्थायित्वको अचुक मार्ग हुने थापाले बताए । कार्यक्रममा नेताहरु तारा लुइँटेल ,युबती कार्की, राजाराम बर्तौला, हिक्मतजङ्ग भन्डारी , राजकुमार खड्का, श्याम नेपाल , सुदर्शन केशी, श्याम घिमिरे ,अमर केसि , उज्वल पोखरेलले समेत बोलेका थिए।